IME Life New

अहिलेदेखि नै २०८१ का लागि विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन, नटेरे कारबाही गर्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिकसत्र २०८१ का लागि अहिलेदेखि नै विद्यार्थी भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ।

महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन र अन्य विभिन्न माध्यमबाट अहिलेदेखि विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको गुनासो आएपछि महानगरले आज एक सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएको हो। शैक्षिकसत्रको सुरुआतको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न पनि महानगरले निर्देशन दिएको छ।

Esewa
Crest

निर्देशनविपरीत त्यस प्रकारको सूचना प्रकाशन गरेको पाइएमा महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS