IME Life New

अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै सिंगटी हाइड्रो इनर्जी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले निष्काशन तथा विक्री गरेको शेयर फागुन ३० गते बाँडफाँड गरेको थियो । कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको जनाएको छ । उक्त शेयरमा चैत १२ गतेदेखि २० गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद नलाग्ने कम्पनीको भनाई छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS