IME Life New

अर्थमन्त्रीमा तीन पार्टीको दाबी, कुन पार्टीबाट कसको चर्चा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै अहिले अर्थमन्त्री कसको पोल्टामा पर्ने भन्ने विषयमा निकै कौतुहलता बढेको छ।

नेपाल कांग्रेससँगको सत्ता गठबन्धन भत्काउँदै नेकपा (माओवादी केन्द्र)ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपालगायतका दललाई समेटेर नयाँ समीकरण बनाएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सानो आकारको मन्त्रिमण्डल गर्ने तयारी गरिरहेका छन्।

Esewa
Crest

माओवादी केन्द्रबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भएको छ। उनीहरुले आज सपथ ग्रहण गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका एक सांसदले बताए।

नयाँ सत्ता समीकरणबाट ३ वटा पार्टीले अर्थमन्त्रीमा दाबी गरिरहेका छन्। ‘अर्थमन्त्रीमा माओवादी केन्द्रबाट वर्षमान पुन, एमालेबाट विष्णु पौडेल र रास्वपाबाट स्वर्णिम वाग्लेको नाम अगाडि आएको छ’, ती नेताले भने, ‘दाबी हाम्रो पनि हो तर एमालेबाट विष्णुजी र रास्वपाबाट स्वर्णिमजीको नाम पनि आइरहेको छ। त्यसैले अहिले नै अर्थमन्त्री को बन्ने भन्ने विषयमा यकिन गरेर भन्न सकिन्न।’

अहिलेको अवस्थामा अर्थतन्त्र राम्रो बुझेको मान्छेलाई नै अर्थमन्त्री बनाउनुपर्छ भन्ने माओवादी केन्द्रको मत रहेको ती सांसदले बताए। ‘सकभर बुझेकै मान्छेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने हो’, ती सांसदले भने, ‘उहाँहरु तीनैजना अर्थतन्त्र बुझेको र अनुभवी मान्छे हुनुहुन्छ। उहाँहरुबाट जो अर्थमन्त्री बने पनि राम्रै हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS