IME Life New

अर्थमन्त्रीको प्रतिबद्धताले पनि किन बढेन शेयर बजार ? यसो भन्छन् जानकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशले नयाँ अर्थमन्त्री पाएको केही दिन बढेको बजार फेरि लगातार ओरालो लागिरहेको छ। पछिल्लो दुई साता बढेको बजार फेरि यो साता घटेको छ। बजार घट्नुले लगानीकर्ताको मनोबल बढ्न नसकेको देखिन्छ।

राष्ट्र बैंकले विभिन्न नीतिगत व्यवस्था ल्याएपछि ३२०० को उचाइमा पुगेको बजार लगातार घटेको थियो। थुप्रैपटक १८०० को विन्दु आसपास पुगेको बजार अहिले २००० को विन्दुभन्दा माथि छ। तर, फेरि त्यही उचाइमा पुग्न भने निकै संघर्ष गर्नुपर्ने देखिन्छ।

Esewa
Crest

नवननियुक्त अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा शेयर बजार सुधारका लागि धितोपत्र बोर्ड, नेप्से र सीडीएससीले कार्ययोजना अर्थ मन्त्रालयमा पेस गरिसकेका छन्। तर, के–कस्ता कार्ययोजना बजार नियामकहरुले बुझाए भन्ने कुरा भने अन्यौल नै छ। यही अन्यौलताका कारण ठूला लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजार बढ्न नसकेको बजार जानकार मुक्तिबहादुर क्षेत्री बताउँछन्। ‘अब अर्थमन्त्रीले बोलेरमात्रै लगानीकर्ताले पत्याउने अवस्था छैन’, उनले भने, ‘अर्थमन्त्रीले देखिने गरी काम गर्नुपर्छ। अनिमात्रै बजारले लय समात्छ।’

अर्कोतर्फ सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण बजारमा पैसा आउन नगरेको क्षत्रीको भनाइ छ। ‘बजारमा मनी फ्लो भएको छैन, यस्तो अवस्थामा शेयर बजार बढ्छ भन्ने आशा गर्न सकिन्न’, उनले भने, ‘पुँजीगत खर्च बढेपछि बजारमा पैसा आउँछ र त्यो पैसा आउने भनेको शेयर बजारमै हो।’

विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव पनि नेपालमा परेको क्षेत्री बताउँछन्। ‘प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा परिरहेको छ’, उनले भने, ‘उद्योगधन्दा सुस्ताएका छन्, घर–जग्गाको कारोबार पनि बढ्न सकेको छैन’, उनले भने, ‘व्यापार–व्यवसाय र उद्योगधन्दालाई लयमा फर्काउन सरकारले उचित कदम चाल्न आवश्यक छ।’

क्षेत्रीले कर्जाको ब्याजदर अझै माथि नै रहनुले पनि शेयर बजारमा पैसा आउन नसकेको बताउँछन्। ‘बैंकमा पैसा थुप्रिएको छ तर उच्च ब्याजदरका कारण कर्जाको माग बढ्न सकेको छैन’, उनले भने, ‘त्यसैले कर्जाको ब्याजदर घटाएर सिंगल डिजिटमा ल्याउनुपर्छ।’

अर्का बजार जानकार प्रकाश न्यौपाने पनि नीतिगत सुधार नभएसम्म बजार साइडवेजमै चल्ने बताउँछन्। ‘शेयर बजारलाई प्रभावित पारिरहेको नीतिहरुमा सुधार नगरेसम्म ठूलो उतारचढाव नहोला’, उनले भने।

शेयर कर्जाको सीमा हटाउनुपर्ने न्यौपानेको भनाइ छ। ‘कर्जाको जोखिम १०० प्रतिशतम झार्नुपर्छ’, उनले भने, ‘त्यसपछि मात्रै बजारमा सुधार देखिएला।’

यी कुरा राष्ट्र बैंकले एउटा परिपत्र जारी गरेरै गर्न सक्ने न्यौपानेले बताए। ‘त्यसैले अर्थमन्त्रीले गभर्नरसँग समन्वय गरेर यी नीतिगत व्यवस्थालाई परिमार्जन गर्न आवश्यक छ’, उनले भने।

शेयर बजार सुधारका लागि लगानीकर्ताले उठाउँदै आएका पुँजीगत लाभकर घटाउनुपर्ने, शेयर कारोबार कमिसन घटाउनुपर्ने, गैरआवासीय नेपालीलाई पुँजीबजारमा भित्र्याउनुपर्ने, सर्ट सेलिङ र इन्ट्राडे कारोबारको व्यवस्था गर्नुपर्नेजस्ता माग पूरा हुनुपर्ने न्यौपानेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS