IME Life New

अर्थमन्त्रीको निर्देशनपछि आइपीओलाई अनुमति दिने तयारीमा धितोपत्र बोर्ड, सञ्चालक समितिले निर्णय गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन अनुमति दिने प्रक्रिया लामो समयपछि खुला गर्ने तयारी गरिरहेको छ। धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि आइपीओ, हकप्रद र एफपीओको निष्कासन दिने प्रक्रिया रोकिएको छ।

धितोपत्र बोर्डको सञ्चालक समितिका सदस्य सुरकृष्ण वैद्यले अर्थमन्त्री वर्षमान पुनबाटै आइपीओ निष्कासन अनुमति दिन निर्देशन भएकोले अब यो प्रक्रिया खुल्ने बताए। ‘अर्थमन्त्रीबाट निर्देशन भएपछि धितोपत्र बोर्डलाई आइपीओ अनुमति दिन बाटो खुलेको छ’, उनले भने, ‘हामी पनि लामो समयसम्म आइपीओ अनुमति रोक्न हुन्न भन्ने पक्षमा थियौँ। अब सञ्चालक समितिको बैठकबाट आइपीओलाई अनुमति दिने विषयमा निर्णय होला।’

Esewa
Crest

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक अब १–२ दिनमा बस्ने पनि वैद्यले जानकारी दिए। ‘सोही बैठकबाट आइपीओ निष्कासनको अनुमति दिने निर्णय हुन सक्छ’, उनले भने।

हाललाई सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई अंकित मूल्य १०० रुपैयाँमै आइपीओ ल्याउन अनुमति दिने धितोपत्र बोर्डले तयारी गरिरहेको छ। ‘अहिले कैफियत देखिएकाबाहेक अन्य सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई आइपीओ खुलाउने भन्ने विषयमा सबै एकमत छौँ’, धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने, ‘सम्भवतः सञ्चालक समितिको बैठकले पनि यही निर्णय गर्ला।’

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनीको आइपीओ निष्कासन अनुमति पर्खाइमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS