IME Life New

अर्थतन्त्र धान्ने श्रमिकलाई महँगो हवाई भाडाले विदेश यात्रा गर्न सकस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रोजगारीका गन्तव्यका लागि हवाई भाडामा अत्यधिक वृद्धि भएपछि रोजगारीका लागि विदेशिनेको संख्या प्रभावित हुने देखिएको छ। नेपालबाट हवाई यात्रा गर्दा महँगो हुने भएकाले वैदेशिक रोजगारका आपेक्षीहरु यात्राको योजना पर धकेल्ने वा छिमेकी मुलुक भारत हुँदै बाहिरिनुपर्ने बाध्यता भएको छ।

वैदेशिक रोजगारीमा जाँदा गाउँ घरमा अनौपचारिक माध्यमबाट ऋण गरेर विदेशिनुपर्ने बाध्यता भएका श्रमिकका लागि महँगो हवाई भाडाले झनै आर्थिक तनाव थपेको छ। प्रवासी श्रमिकले गरेको आम्दानीबाट विप्रेषण आप्रवाहको अपेक्षा गर्ने नेपाल सरकारले रोजगारीका लागि विदेशिने श्रमशक्तिका लागि उपयुक्त हवाई भाडा व्यवस्थापन गर्न चासोसमेत देखाएको छैन।

Esewa
Crest

महँगो हवाई भाडा दरका कारण स्वदेशकै विमानस्थलबाट बाहिरिन नसक्ने अवस्था भएपछि छिमेकी मुलुक भारतको विमानस्थल हुँदै बाहिरिनुपर्ने भएको छ। दिल्लीस्थित नेपाली राजदूतावासले श्रम स्वीकृति लिइसकेका श्रमिकका लागि भारतहुँदै तेस्रो मुलुकको हवाई यात्राका लागि नो अब्जेक्सन लेटर नचाहिने सूचनासहित विज्ञप्तिसमेत जारी गरेको छ। भारतीय विमानस्थलहुँदै मानव तस्करी बढेको तथ्यपछि नेपाली राजदूतावासले भारतहुँदै तेस्रो मुलुक प्रस्थान गर्ने नेपाली नागरिकका लागि नो अब्जेकस लेटर अनिवार्य गरेको थियो।

वायु सेवा कम्पनीले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको भाडा तीनगुणासम्म बढाएको छ। यो अवस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलगायत सर्वाधिक मारमा परेका छन्। बढ्दो भाडा दरका कारण लागत बढ्ने भएपछि विदेशिने श्रमिकको संख्या घट्ने र उडानको मिति पनि पछि धकेलिने सम्भावना छ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय गन्तव्यमा हवाई उडान सुरु भए पनि पर्याप्त उडान हुन सकेको छैन। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशबाट सडकमार्गहुँदै भैरहवासम्मको यात्रा पनि सकस पूर्ण छ। भरतपुर र बुटवल जोड्ने महेन्द्र राजमार्ग निर्माणाधीन भएकाले यात्रा सकसपूर्ण छ। काठमाडौंबाट धादिङहुँदै बाहिरिने पृथ्वी राजमार्ग खण्ड पनि असोज महिनाको बाढीपहिरोका कारण क्षतिग्रस्त अवस्थामा छ।

नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले हवाई भाडा अचाक्ली बढ्दा कामदारलाई प्रशिक्षण दिने खर्च कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले शनिबार पत्रकार सम्मेलनमा ट्राभल एजेन्सीहरुले ३० हजारदेखि ३५ हजार रुपैयाँसम्मको हवाई टिकटका लागि १ लाख रुपैयाँसम्म लिन थालेको गुनासो गरे।

दैनिक करिब १ हजार ५०० नयाँ कामदार रोजगारीका लागि विदेशिने गरेकाछन्। यसबाहेक थप ५०० जना पुनः रोजगारीका लागि विदेशिने पनि छन्।

यो समस्यालाई सम्बोधन गर्न पर्यटन मन्त्रालय, क्यान, परराष्ट्र मन्त्रालय वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खासै चासो देखाएका छैनन्। सरकारले ट्राभल एजेन्ट र जनरल सेल्स एजेन्टसँग टिकटको मूल्यबारे छलफल गरे पनि बढेको भाडा दर कायमै छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS