IME Life New

अरुण भ्याली हाइड्रोपावरले फागुन १७ बाट १००% हकप्रद बिक्री खुला गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आउँदो फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्नेछ।

Esewa
Crest

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आउँदो चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको ‘मेरो शेयर’ पनि खरिद आवेदन दिन सक्नेछन्।

यो हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ माघ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS