IME Life New

अम्बे स्टिल्सले प्रिमियममा आइपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ ल्याउने प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिले यही फागुन २३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टेकुस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले प्रिमियम मूल्यमा सर्वसाधारणमा आइपीओ बिक्री गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक र अन्डरराइटर नियुक्त गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ। आइपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। सभाले लिने र लिएको बैंक ऋण सम्बन्धमा सभाले छलफल तथा पारित गर्नेछ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन सभाले स्वीकृत गर्नेछ। सभाले सञ्चालक समितिको गठन पनि गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS