IME Life New

अमेरिकी राष्ट्रपतिको तलबभत्ताः विश्वकै शक्तिशाली व्यक्तिले वार्षिक कति पाउँछन् पैसा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। अर्को महिना हुने निर्वाचनपछि अमेरिकाले अर्को वर्षको सुरुमा नयाँ राष्ट्रपति पाउनेछ। डोनाल्ड ट्रम्प वा कमला ह्यारिस विश्वको सबैभन्दा शक्तिशाली पद मानिने अमेरिकाको अर्को राष्ट्रपति बन्ने दौडमा छन्।

अमेरिकी राष्ट्रपति एक संघीय कर्मचारी हुन्। जसले राज्यबाट तलब पाउँछन्। यद्यपि यो तलब एक अमेरिकीको औसत आम्दानीभन्दा धेरै हुन्छ। एक अमेरिकीले वार्षिक औसत ४४ हजार ५०० डलर कमाउँछन्। जब कि अमेरिकी राष्ट्रपतिलाई वार्षिक ४ लाख डलर तलब दिइन्छ।

Crest

फर्स्टपोस्टको रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपतिले पद छोडेपछि भत्ता, यात्रा तथा मनोरञ्जन भत्ता र पेन्सन पाउँछन्। अमेरिकी राष्ट्रपतिले वार्षिक ४ लाख डलर तलब पाउँछन्। यसबाहेक प्रत्येक वर्ष ५० हजार डलरको खर्च भत्ता, १ लाख डरको गैरकर यात्रा खाता र १९ हजार डलरको मनोरञ्जन भत्ता रहेको हुन्छ। कुल मिलाएर अमेरिकी राष्ट्रपतिले आफ्नो सबै खर्चका लागि १ वर्षमा ५ लाख ६९ हजार डलर पाउँछन्। अमेरिकी कानुनअनुसार भत्ताबाट अप्रयुक्त रकम ट्रेजरीमा फिर्ता गर्नुपर्नेछ।

जर्ज डब्ल्यू बुसले पदभार ग्रहण गर्नुभन्दा ठीकअघि सन् २००१ मा अमेरिकी कांग्रेसले अमेरिकी राष्ट्रपतिको वार्षिक तलब अन्तिमपटक बढाएको थियो। अमेरिकामा राष्ट्रपति निर्वाचित भएको अवधिमा उनको आय परिवर्तन गर्न सकिँदैन। तलबबाहेक अमेरिकी राष्ट्रपतिले प्रेसिडेन्सियल लिमोजिन, द बिस्ट, मरिन वन र एयर फोर्स वनमा निःशुल्क यातायात र ह्वाइट हाउसमा निःशुल्क निवास पाउँछन्। अमेरिकी राष्ट्रपतिले प्राप्त गर्ने अर्को फाइदा भनेको स्वास्थ्य सेवा कभरेज र सशुल्क आधिकारिक यात्रासहित २ लाख डलरको वार्षिक निवृत्तिभरण हो।

अमेरिकी राष्ट्रपति विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने नेता होइनन्। हाल विश्वको सबैभन्दा बढी पारिश्रमिक लिने नेतामा सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङ छन्। उनको वार्षिक तलब लगभग १६ लाख ९० हजार डलर छ। हङकङका जोन लिका चिउ विश्वका सबैभन्दा धेरै कमाउने राजनीतिज्ञको सूचीमा दोस्रो स्थानमा छन्। उनले वार्षिक ६ लाख ७२ हजार डलर पाउँछन्। स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहार्ड वार्षिक आय ५ लाख ७० हजार डलर रहेको छ।

अमेरिकी राष्ट्रपतिहरुलाई आफ्नो तलब अस्वीकार गर्न अनुमति छैन। तर तिनीहरुले कुनै पनि संस्थालाई दान गर्न सक्छन्। जर्ज वासिंगटनले सुरुमा आफ्नो तलब लिन अस्वीकार गरे तर कांग्रेसले उनलाई त्यसो गर्नबाट रोक्यो। त्यसपछि केही राष्ट्रपतिले आफ्नो राष्ट्रपतिको तलब दान गरेका थिए। यो गर्नेहरुमध्ये हालको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प पनि छन्। सन् २०१६ मा ट्रम्प राष्ट्रपति हुँदा आफ्नो तलब दान गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS