IME Life New

अमेरिकी भिसा पाउन अब सहज, सुरु भयो यस्तो प्रोग्राम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा काम गर्ने विदेशी नागरिकका लागि भिसा पाउन सहज हुने भएको छ। अमेरिकामा जनवरी २९ बाट एच–१बी भिसाको आन्तरिक नवीकरणका लागि पाइलट प्रोग्राम सुरु भएको हो।

अहिलेसम्म कुनै विदेशी नागरिकको एच–१बी भिसाको म्याद सकिएमा त्यसलाई नवीकरण गराउन फेरि आफ्नो देश फर्किनुपर्थ्यो। तर, अब नवीकरण प्रक्रियाका लागि घर फर्किनु नपर्ने भएको छ । अमेरिकामै भिसा नवीकरण हुनेछ ।

Crest

यो कार्यक्रम गत डिसेम्बरमा घोषणा गरिएको थियो। त्यसबेला भिसा सेवाका उपसहायक मन्त्री जुली स्टाफर्डले यो कार्यक्रमबाट अमेरिकामा रहेका दक्ष कामदार लाभान्वित हुने बताएकी थिइन्।

भिसा नवीकरणको पाइलट कार्यक्रम ३ महिनासम्म चल्नेछ । यस अवधिमा २० हजार दक्ष कामदारको भिसा नवीकरण हुनेछ ।

सन् २०२१ फेब्रुअरी १ देखि सेप्टेम्बर ३० बीच अमेरिकामा भारतीय वाणिज्य दूतावासबाट र सन् २०२० जनवरी १ देखि अप्रिल १ सम्म क्यानाडाली वाणिज्य दूतावासबाट जारी गरएका एच–१बी भिसामात्र भिसा नवीकरण हुनेछ।

यस कार्यक्रमअन्तर्गत विदेशी नागरिकबाट गैरआप्रवासी भिसा जारी शुल्क पनि लिइने छैन। यसबाहेक पहिलो भिसा आवेदनमा १० फिंगरप्रिन्ट गर्नेलाई पनि अन्तर्वार्ताबाट छुट दिइनेछ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार भिसा नवीकरण कार्यक्रम जनवरी २९ देखि अप्रिल १ सम्म चल्नेछ । यस अवधिमा २० हजार व्यक्तिको मात्रै भिसा नवीकरण हुनेछ । अप्रिल १ अगाडि २० हजार आवेदन आएमा बन्द गरिनेछ । हरेक हप्ता ४ हजारजनाको भिसा नवीकरण गरिनेछ ।

आवेदकहरुले २० जनवरी, ५ फेब्रुअरी, १२ फेब्रुअरी, १९ फेब्रुअरी र २६ फेब्रुअरीमा भिसा नवीकरणका लागि आवेदन दिन सक्छन्। यदि पहिलोपटक आवेदन सफल भएन भने अर्को साता पुनः आवेदन दिन सकिने व्यवस्था यो कार्यक्रम गरिएको छ।

एच–१बी भिसा नवीकरणका लागि अनलाइन आवेदन दिन सकिन्छ। यसका लागि डिपार्टमेन्ट अफ स्टेटको वेबसाइटमा जानुपर्नेछ। डीएस–१६० बारकोड सिटका अतिरिक्त अमेरिकाको वैध यात्राका लागि जारी गरिएको पासपोर्टको प्रतिलिपि आवश्यक हुनेछ। यो आवेदनको मितिबाट कम्तीमा ६ महिनाका लागि मान्य हुनुपर्छ। भिसा फाइल प्लेसमेन्टका लागि पासपोर्टमा कम्तीमा दुई पेज खाली हुनुपर्छ।

डीएस–१६० फारम भरेपछि २०५ डलर शुल्क लाग्नेछ। यो न त फिर्ता हुनेछ न त स्थानान्तरण हुनेछ। यो शुल्क अनलाइन पोर्टलमार्फत मात्र भुक्तानी गरिनेछ। यी सबैबाहेक आई–७९७ र आई–९४ फारमको फोटो, प्रतिलिपि र अमेरिका आउने र जानेको अभिलेख पनि उपलब्ध गराउनुपर्नेछ।

यस पाइलट प्रोजेक्टअन्तर्गत सबै प्रक्रिया पूरा गरेपछि भिसा नवीकरण हुन ६ देखि ८ हप्ता लाग्ने अमेरिकाको परराष्ट्र विभागले जनाएको छ । यदि कुनै आवेदकले आफ्नो भिसा चाँडै नवीकरण गर्न चाहन्छ भने उसले सामान्य प्रक्रियाअनुसार आवेदन दिन सक्छ।

एच–१बी भिसा एक गैरआप्रवासी भिसा हो। यसले अमेरिकी कम्पनीहरुलाई विदेशी कामदार राख्न अनुमति दिन्छ। जब कुनै व्यक्ति अमेरिकी कम्पनीमा काम गर्छ उसलाई एच–१बी भिसा दिइन्छ।

एच–१बी भिसाको नवीकरण प्रक्रियालाई सरल बनाउनुले करिब १० लाख आप्रवासी कामदारलाई फाइदा पुग्ने बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%

खुसी

5%

दु :खी

15%

अचम्मित

20%

उत्साहित

22%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS