IME Life New

अमेरिकामा राष्ट्रपति चुन्न आज मतदान, कहिलेसम्म आउला नतिजा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको अर्को राष्ट्रपति चयनका लागि अबको केही घन्टामा मतदान सुरु हुँदैछ। यो चुनावमा सारा विश्वको नजर छ।

यसपटकको प्रतिस्पर्धा निकै नजिक हुन सक्ने अनुमान गरिएको छ। जसमा एकातर्फ पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छिन्। कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन्।

Crest

ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन्।

कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी छन्।

अमेरिकाका धेरैजसो क्षेत्रमा भारतीय समयअनुसार मंगलबार साँझ करिब ४ः३० बजेदेखि मतदान सुरु भई बुधबार बिहान करिब ६ बजेसम्म चल्नेछ।

निकट प्रतिस्पर्धाका कारण यसै वर्ष हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक हुन केही दिन लाग्ने अनुमान गरिएको छ।

अमेरिकामा हुने केही राष्ट्रपतीय निर्वाचनमा भोटिङको दिन वा भोलिपल्ट बिहान विजेता घोषणा हुने गरेको भए पनि यसपटक कडा प्रतिस्पर्धाका कारण पर्खनुपर्ने हुन सक्छ। पेन्सिल्भेनियाजस्ता केही स्विङ राज्यहरुमा मत गणनामा थोरै भिन्नता आएमा फेरि मतगणना हुने सम्भावना छ।

यो निर्वाचनका सन्दर्भमा नजिकको नतिजालाई कानुनी रुपमा पनि चुनौती दिने सम्भावना छ। यदि यस्तो भयो भने यसको घोषणा हुन केही दिन लाग्न सक्छ।

सन् २०२० मा अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो तर अमेरिकी टीभी नेटवर्कमा नोभेम्बर ७ मा जो बाइडेनलाई विजयी घोषणा गरिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS