IME Life New

अभिकर्ता लाइसेन्सका लागी अनलाइन परिक्षामा सहभागी हुनैपर्ने, नयाँ निर्देशिकामा के छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणबाट बीमा अभिकर्ताकाे इजाजत पत्र प्राप्त गर्नकाे लागी ईच्छुक स‌ंस्थाकाे प्रतिनिधि वा ईच्छुक व्यक्तिले विद्युतीय माध्यम(सूचना प्रविधि ) मार्फत् परिक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएकाे छ । प्राधिकरणकाे संचालक समितिबाट स्वीकृत भएकाे एक महिनाभन्दा लामाे अवधिपछि सार्वजनिक गरिएकाे बीमा मध्यस्थकर्ता (अभिकर्ता) परिक्षा स‌चालन सम्बन्धी निर्देशिका २०७९ मा अनिवार्यरूपमा अनलाइन परिक्षामा सहभागी हुनुपर्ने प्रावधान छ ।

परिक्षामा सहभागी हुँदा परीक्षार्थीले परिक्षा अवधिभर  पूरै अनुहार देखिने र आवाज प्रष्ट सुनिने गरी भिडियाे क्यामेरा सुचारु राख्नुपर्नेछ। परिक्षार्थीहरु क्यामेरा भएकाे माेबाइल फाेन, ल्यापटप, डेस्कटप कम्प्युटर वा ट्याबकाे सहायतामा प्राधिकरणले उपलब्ध गराउने युजर आइडी प्रयाेगकर्ता (पहिचान स‌ंकेत) र पासवर्ड (कुन्जी) प्राधिकरणकाे परिक्षा संचालन सम्बन्धी वेबसाइट(पाेर्टल)मार्फत्र परिक्षामा सहभागी हुन सक्नेछन् ।

Esewa
Crest

२०७९ म‌ंसिर ७ गते प्राधिकरणकाे संचालक समितिबाट स्वीकृत भए पनि २०७९ पाैष १८ गते मात्र प्राधिकरणले सार्वजनिक गरेकाे याे निर्देशिका तुरून्त लागू हुने उल्लेख गरिएकाे छ ।

Agent-Exam

परिक्षा निर्देशिकामा परिक्षामा सहभागी कुनै परिक्षार्थीले आचारस‌ंहित विपरित अमर्यादित कार्य गरेमा निजकाे परिक्षा रद्ध गरी ३ महिनासम्म पुनः सहभागी हुन अयाेग्य ठहर गरिने प्रावधान समेत छ।

एक घण्टा ३० मिनेटकाे अवधिमा परिक्षार्थीले २ अंक भारको ५० वटा प्रश्नकाे जवाफ लेख्नुपर्नेछ । पचास प्रतिशत अंक भार प्राप्त गर्ने परिक्षार्थीलाई उतीर्णको प्रमाण पत्र प्रदान गर्नेछ । परिक्षा उतीर्णकाे प्रमाण पत्र नै अभिकर्ता इजाजत पत्र हुनेछ ।

प्राधिकरणले प्रश्नपत्र निर्माणकर्ताको रोष्टर (सूची) तयार गरेर प्रत्येक पटक परिक्षा संचालन गर्दा फरक फरक व्यक्तिलाई कच्चा प्रश्न पत्र तयार पार्ने जिम्मा दिनेछ । यस्ता कच्चा प्रश्नपत्रलाई प्राधिकरणले ताेकेकाे प्रश्नपत्र परिमार्जनकर्ताले आवश्यक संशोधन गरी वा नगरी नै प्राधिकरणकाे परिक्षा स‌ंचालन सम्बन्धि पाेर्टलमा परिक्षा संचालन प्रयाेजनकाे लागी प्रकाशन गर्न स्वीकृत गर्न सक्नेछ।

परिक्षामा सहभागी हुनु अघि परिक्षार्थीले जुन बीमकबाट अभिकर्ता इजाजत पत्र तालिममा सहभागी भएको हो सोही बीमकको अभिकर्ता प्रमाण पत्र परिक्षामा सहभागीताकाे लागी अनलाइन मार्फत् आवेदन दर्ता गर्नुपर्नेछ । बीमा कम्पनी बाहेक अन्य संस्थाबाट स‌ंचालित परिक्षामा सहभागी भएकाे भए इजाजत पत्रका लागी कुनै एक बीमक रोज्नुपर्नेछ । प्राधिकरणले हाललाई परिक्षा शुल्क रू ५०० ताेकेकाे छ। परिक्षा शुल्क विद्युतीय भुक्तानी माध्यमबाट भुक्तानी गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

61%
happy

खुसी

2%
sad

दु :खी

13%
amazed

अचम्मित

6%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS