IME Life New

अब निजामती कर्मचारीहरुले पनि खुला बजारबाट शेयर किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजामती कर्मचारीहरुले पनि अब खुला बजारबाट शेयर खरिद गर्न पाउने भएका छन्। प्रतिनिधिसभामा आज दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो।

संसदबाट पारित भएर नयाँ ऐन लागू भएपछि निजामती कर्मचारीहरुले खुला बजारमा शेयर खरिद गर्न पाउने व्यवस्था कार्यान्वयनमा आउनेछ। हाल निजामती कर्मचारीहरुलाई प्राथमिक बजारमा मात्रै शेय खरिदको अनुमति रहेको छ।

Esewa
Crest

विधेयकले निजामती कर्मचारीहरुलाई खुला बजारबाट शेयर खरिद गर्न अनुमति दिनुका साथै आधारभूत शेयरधनी नहुने गरी १ प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न सक्ने अनुमति पनि दिएको छ।

यसैगरी विधेयकले निजामती कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्ने व्यवस्था गरेको छ। हाल निजामती कर्मचारीहरुको अवकाशको उमेर हद ५८ वर्ष रहेको छ। संसदबाट पारित भएर नयाँ ऐन लागू भएको १ वर्षसम्म भने कर्मचारीहरुको ५८ वर्षमा नै अवकाश हुने व्यवस्था गरिएको छ।

सरकारले ल्याएको विधेयकमा प्रदेशको मन्त्रालय र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको १० वर्षसम्म केन्द्रबाटै पठाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। महानगरपालिका र उपमहानगरपालिकामा ११ औँ तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने र नगरपालिकामा दसौं वा त्यस्तो कर्मचारी नभए राजपत्रांसकत द्वितीय वा अधिकृत नवौं तहमा ३ वर्ष काम गरेको व्यक्ति हुने व्यवस्था प्रस्तावित छ। गाउँपालिकामा अधिकृत आठौँ तहको कर्मचारी वा त्यस्तो कर्मचारी नभएमा राजपत्रांकित तृतीय श्रेणी वा अधिकृत सातौँ तहमा ३ वर्ष पूरा गरेको कर्मचारी हुने छन्।

निजामती ऐन लागू भएको १० वर्षसम्म भने नेपाल सरकारले संघीय निजामती सेवाको प्रशासन सेवाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाज गर्न खटाउने व्यवस्था पनि विधेयकमा छ। तर, सरकारले विधेयकमा यदि केन्द्रबाट नखटाइएको अवस्थामा स्थानीय तहमा प्रदेशले खटाउन सक्ने व्यवस्था पनि एकसाथ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS