IME Life New

अपर तामाकोशी हाइड्रोपावरको करिब पौने २ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको करिब पौने २ करोड कित्ता शेयर आज पुस १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ।

कम्पनीले सर्वसाधारण समूहतर्फको अवितरित १ करोड ७० लाख १९ हजार ५३० कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राखेको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको नयाँबानेश्वरस्थित नागरिक लगानी कोषको कार्यालय, कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी र चरिकोटमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २९ गतेसम्म रहेो छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS