IME Life New

अपर तामाकोशीले विद्युत बिक्री गरेर छ महिनामै कमायो तीन अर्ब ६४ करोड, किन देखियो नोक्सानमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले सञ्चालनमा आएको ६ महिनामै विद्युत बिक्री गरेर तीन अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा एक अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

तीन अर्ब ६४ करोड रुपैयाँ आम्दानी गर्दा सञ्चालन खर्च भने ८ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै रोयल्टी बापत ९ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ । कम्पनीको सञ्चालन मुनाफा भने एक अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

आयोजना निर्माणका लागि लिएको कर्जाको व्याज चुक्ता गर्दा २ अर्ब २० करोड रुपैया खर्च भएको छ । व्याज अर्थात वित्तीय खर्चका कारण यस त्रैमाशमा कम्पनी ३३ करोड ५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गएका वर्षमा व्याज पूँजीकरणका कारण नोक्सान धेरै नदेखिए पनि कम्पनीले आम्दानी गर्न सुरु गरेकाले अवका दिनमा कम्पनीले व्याज खर्चको सामाना गर्नु पर्नेछ । यस हिसावले चालु आर्थिक वर्षमा कम्पनी व्याज खर्च तथा किस्ता भुक्तानी गरेर केहि मुनाफामा देखिन सक्छ । तर पुरै ऋण चुक्ता गर्नका लागि भने अझै ७/८ वर्ष लाग्नेछ । तर कम्पनीले चाहेमा शेयरधनीहरुलाई अवको केहि वर्ष भित्रै लाभांश भने दिन सक्नेछ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा विद्युत बिक्री मार्फत तीन अर्ब ६४ करोड रुपैयाँको विल पेस गरेता पनि नेपाल विद्युत प्राधिकरणको हिमाव अनुसार ८३ करोड ९८ लाख रुपैयाँ फरक देखिएको छ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई आपुर्ती गर्नु पर्ने इनर्जी डिसप्याच नभएको एवं विद्युत खरदि बिक्री सम्झौता अनुसार उत्पादन शुरु नभएको भनी विद्युत बिक्री आयबाट ७२ करोड ९५ लाख तीन हजार रुपैयाँ घटाइएकोले २०७८ मंसिरसम्मको आय बापत एक अर्ब ४२ करोड मात्रै भएको कम्पनीले जनाएको छ । यस विषयमा नेपाल विद्युत प्राधिकरण सँग छलफल भइरहेकोले घाटा कम हुन जाने कम्पनीको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण मार्फत नेपाल सरकारबाट १३ अर्ब दीर्घकालिन ऋण प्राप्त भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरु नेपाल टेलिकम नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानबाट प्राप्त भएको दीर्घकालिन ऋण १४ अर्ब रुपैयाँ रहेको छ । साथै नेपाल विद्युत प्राधिकरणबाट प्राप्त भएको अल्पकालिन ऋण २ अर्ब रुपैयाँ रहेको छ ।

अहिलेको अवस्थामा कम्पनीको दीर्घकालिन ऋण ४१ अर्ब रुपैयाँ रहेको छ । उक्त ऋणको व्याज मात्रै ३३ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीसँग दीर्घकालिन ऋण र यसको व्याज जोड्दा दीर्घकालिन दायित्व ७४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । कम्पनीले पहिलो चरणमा उक्त ऋणको व्याज चुक्ता गर्नु पर्ने हुन्छ । यदि कम्पनीले चालु आर्थिक वर्षमा यहि हिसावले आम्दानी गर्यो भने ६ अर्ब भन्दा माथिको आम्दानी रहनेछ । यदि वार्षिक ६ अर्ब कमायो भने कम्पनीले व्याज मात्रै भुक्तानी गर्न कम्तिमा पनि ५ वर्ष लाग्नेछ । कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS