IME Life New

अपर तामाकोशीको लिलामी शेयरमा आइतबारसम्म बोलपत्र पेश गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो। शेयर खरिदका लागि पुस २९ गते आइतबारसम्म शिलबन्द बोलपत्र पेश गर्न सकिनेछ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको हो।शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयर खरिद गर्न न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतममा कुनै हद तोकिएको छैन।

Esewa
Crest

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नागरिक लगानी कोष तथा सनराइज क्यापिटलबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, लक्ष्मी सनराइज बैंकका विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ्ग, बुटवल, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोट शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS