IME Life New

अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृतिको प्रणाली कार्यान्वयनमा, कस्तो छ प्रक्रिया ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा आएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तेस्रो लगानी सम्मेलनका अवसरमा वैशाख १७ गते स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत हुने गरी उक्त प्रणाली सञ्चालनमा ल्याइएको उद्योग विभागले जनाएको छ। स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने गरी सतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानिकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिई स्वतः स्वीकृति प्राप्त गर्न सक्नेछ।

Esewa
Crest

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको गत वर्ष असोज १५ को नेपाल राजपत्रमा प्रकाशित उद्योग–व्यवसायका क्षेत्रका लागि बिदेशी लगानी स्वीकृत गर्न विदेशी लगानीकर्ताले स्वचालित मार्गमार्फत निवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र ई–मेलमार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्ने र सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् । सूचना प्रविधिमा आधारित उद्योगहरुका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागु नभएको समेत विभागले स्पष्ट पारेको छ।

स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति गर्ने प्रक्रिया

  • स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणाली (www.imis.doind.gov.np) मा लगइन गरी सो प्रणालीले माग गरेबमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
  • विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरेपछि त्यस्तो लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीमा पेस गर्नुभन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनुपर्ने भएमा सच्याउन सक्नेछ। प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकताअनुसार सच्याएपछि विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस गर्न सक्नेछ।
  • विदेशी लगानी स्वीकृतिका लागि विभागको बिद्युतीय प्रणालीमा निवेदन प्राप्त भएपश्चात त्यस्तो प्रणालीवाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको ई–मेल ठेगानामा आवेदन नम्बर सहितको निजको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइनेछ । त्यस्तो जानकारीको अतिरिक्त विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विद्युतीय प्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ ।
  • विदेशी लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा नियमावलीबमोजिम निजको बिदेशी लगानी स्वतः स्वीकृत भएको मानिनेछ ।

विद्युतीय प्रणालीले माग गरेअनुसारका विवरण तथा कागजातहरु सही एवं आधिकारिक हुनुपर्ने र फरक परेमा सोको जिम्मेवारी स्वयं लगानीकर्ता नै हुने विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS