IME Life New

अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  शिघ्र संचालनको तयारीमा रहेको अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्रीलाई नियुक्त गरेको छ। खत्रीले आफ्नो कार्यभर सुरु गरिसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीको सञ्चालक समितिले आगामी चार बर्षका लागि खत्रीलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो।

त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर खत्री नेपालले नेपाल इन्स्योरेन्स कम्पनीको बिकाश अधिकृत हुदै इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्नु भएको हो। दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसक्नु भएका खत्रीसंग नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स (हालको आइएमइ जनरल इन्स्योरेन्स) को ब्यबस्थापकीय तहमा काम गरेको अनुभब रहेको छ। खत्री पछिल्लो समय लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धक हुनुहुन्थ्यो।

Esewa
Crest

आगामी श्रावण महिना भित्र संचालनको तयारीमा जुटेको अजोड इन्स्योरेन्सको १ अर्ब रुपैयाँ जारी पुँजी रहेको छ, कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ । कम्पनीमा भाटभटेनी समूह, हाथवे इन्भेष्टमेन्ट सम्बद्ध समूह तथा अम्बिका पौडेल, सेञ्चुरी कमर्सियल बैंक, ब्यापारी कालु गुरुङ, पोखराको प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी समूह लगायतको लगानी रहेको छ ।

चालु आर्थिक वर्षमा ३ ओटा नयाँ निर्जिबन बिमा कम्पनीलाई बिमा समितिले संचालनको अनुमति दिएको थियो। अजोड़ इन्स्योरेन्स संगै संचालनको अनुमति पाउने सानिमा इन्स्योरेन्स र नेपाल जनरल इन्स्योरेन्स पनि संचालनको तयारीमा लागेको जानकरी सम्बन्धित कम्पनी श्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS