IME Life New

अजोड इन्स्योरेन्सको आइपीओ बाँडफाँड भोलि, यसरी हेर्नुहोस आइपीओ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार भोलि साउन २ गते शुक्रबार दिउँसो ३ बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीले असार २५ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। कूल ३० लाख कित्ता निष्काशनमा ल्याइएकोमा १ लाख २० हजार कित्ता (४ प्रतिशत) कर्मचारीलाई र १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा तल आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो ।

Esewa
Crest

कम्पनीको आईपीओमा शेयर माग गर्दै आवेदन गरेका प्रति १०० आवेदनकमध्ये ५५ जनाले शेयर पाउने भएका छन् भने आवेदक रद्ध भएका समेत गरि ४५ जनाले शेयर नपाउने भएका छन्। क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये ४ लाख ८४ हजार ४९८ वटा आवेदन बाँडफाँडका लागि योग्य भएका छन्। १७ हजार ८०० वटा आवेदन विविध कारणले अयोग्य भएका छन्।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। यसअनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन्। बाँकी २ लाख २९ हजार २९८ जना हात भने खाली हुनेछ भने उच्च आवेदनका कारण २ लाख ११ हजार ४९८ जना योग्य आवेदकले नै शेयर पाउने छैनन्।

२७ लाख ३० हजार कित्ता आवेदन माग गरिएको आईपीओमा ६.६५ गुणा धेरै कूल १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेकोमध्ये १ करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग सदर भएको क्यापिटलले जनाएको छ। आइपीओ बाँडफाँड पश्चात नतिजा इन्स्योरेन्स खबर डटकमबाट पनि हेर्न सकिनेछ । यो लिंकमा क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS