IME Life New

अचानक वारेन बफेटको यो कम्पनीको शेयरभाउ ९९%ले घट्यो, के हो कारण ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी शेयर बजारमा सोमबार अचानक यस्तो भयो कि एक अनुभवी लगानीकर्ता एवं विश्वका शीर्ष १० अर्बपतिमा समावेश वारेन बफेटको कम्पनी बर्कशायर हाथवेको शेयर नराम्ररी ओरालो लाग्यो र केही समयमै ९९ प्रतिशतले घट्यो। यो देखेर लगानीकर्ता र स्टक एक्सचेन्ज पनि छक्क परे। त्यसपछि यो कम्पनीको शेयरको कारोवार तत्काल रोकियो।

अर्बपति वारेन बफेटको कम्पनी बर्कशायर हाथवे एउटा विशाल अमेरिकी कम्पनी हो। यसको शेयर क्लास–ए श्रेणीमा पर्छ। कम्पनीमा बफेटको ३८ प्रतिशत हिस्सा छ। सोमबार शेयर कारोबारका क्रममा अचानक ओरालो लाग्न थालेको केही समयमै बर्कशायर हाथवे कम्पनीको शेयरभाउ ९९ प्रतिशतले घटेको थियो। त्यसपछि न्युयोर्क स्टक एक्सचेन्जले यो कम्पनीको शेयर कारोबार रोकेको थियो।

Crest

कम्पनीको शेयरभाउको माथिल्लो र तल्लो सीमासँग सम्बन्धित प्राविधिक समस्याहरुको अनुसन्धान गर्दै न्युयोर्क स्टक एक्सचेन्जले यसलाई प्राविधिक गडबडी भनेको छ। यस प्रकारको प्राविधिक त्रुटि पछिल्लो १ हप्तामा दोस्रोपटक देखिएको हो। वारेन बफेटको कम्पनी बर्कशायर हाथवे मात्र नभई ब्यारिक गोल्ड र नस्केल पावरको शेयरमा पनि यस्तै समस्या देखिएको थियो।

बर्कशायर ह्याथवे कम्पनीको अधिकांश व्यापार अमेरिकामा छ। यसको व्यवसाय सम्पत्ति, बीमा, ऊर्जा, मालवाहक रेल यातायात, वित्त, निर्माण, खुद्रा बिक्री क्षेत्रसँग सम्बन्धित छ। यो कम्पनी सन् १९३९ मा सुरु भएको थियो। अनुभवी लगानीकर्ता वारेन बफेटले सन् १९६५ मा बर्कशायर हाथवेलाई किनेका थिए।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार वारेन बफेटको कुल सम्पत्ति १३८ अर्ब डलर छ। उनी शीर्ष १० अर्बपतिको सूचीमा नवौँ स्थानमा छन्। पछिल्लो २४ घन्टामा उनको कुल सम्पत्ति १ अर्ब ११ करोड डलरले बढेको छ। वारेन बफेट सन् २०२४ मा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने अर्बपति पनि हुन्। यस अवधिमा उनको सम्पत्ति १८.४ अर्ब डलरले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS