IME Life New

अख्तियारबाट १० हजार ५५ उजुरी फर्छ्यौट, अझै १२ हजार बढी उजुरीको अनुसन्धान जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १० हजार ५५ वटा उजुरी फर्छ्यौट गरेको छ।

अख्तियार दिवसका अवसरमा आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार पुस मसान्तसम्म आयोगमा कुल २२ हजार १२७ उजुरी परेका थिए। जसमा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको ९ हजार २६८ वटा, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा परेको ८ हजार वटा र दोस्रो त्रैमासमा परेको ४ हजार ८५९ उजुरी छन्।

Esewa
Crest

कुल उजुरीमध्ये प्रथम त्रैमासमा ४ हजार ८९९ वटा र दोस्रो त्रैमास ५ हजार १५६ वटा उजुरी फर्छ्र्यौट भएको आयोगले जनाएको छ। जुन कुल उजुरीमध्ये अझै १२ हजार ७२ वटा फर्छ्यौट हुन बाँकी रहेको छ।

यो अवधिसम्म आयोगले १३७ वटा उजुरी विस्तृत अनुसन्धानमा पठाएको छ। त्यस्तै १ हजार ३४५ वटा उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको, ९४५ वटा उजुरी सोसँग सम्बन्धित उजुरीमा गाभिएको र २ हजार ७२९ वटा उजुरी तामेलीमा पठाइएको आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS