IME Life New

अखाद्य रङ प्रयोग गरिएका रंगिन कटन क्यान्डी उपभोग नगर्न आग्रह, बिक्रीवितरण गरेको पाइए कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले अखाद्य रङ प्रयोग गरिएका रंगिन कटन क्यान्डी उपभोग नगर्न आग्रह गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। काठमाडौंका विभिन्न स्थानका सडकपेटी, बजार, मेलालगायतका स्थानहरुमा खुला रुपमा बिक्रीवितरण भइरहेको रंगिन कटन क्यान्डीमा मानवस्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ रोडामाइन बीको प्रयोग भएको विभागको प्रयोगशाला जाँच विश्लेषणबाट देखिन आएको थियो।

Esewa
Crest

विभागबाट अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएकाबाहेक खुला रुपमा बिक्रीवितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकालाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा विभागले आग्रह गरेको छ।

यसका साथै त्यस प्रकारको अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले निर्देशन दिएको छ। यो सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन–नियमबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS