IME Life New
GBIME

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अर्थात् आइतबार अन्तिम दिन रहेको छ । सिद्धार्थले चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर असार १७ गतेदेखि बिक्रीमा ल्याएको थियो । सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गरेको हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि जेठ १ गते सेयरधनी किताब बन्द गरेको थियो । यस अनुसार बैशाख ३१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेयरधनीले मेरो सेयर, बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकको शाखा,गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स र कामना सेवा विकास बैंक ज्ञानेश्वरबाट समेत आवेदन गर्ने व्यवस्था गरिएको छ ।

Crest

हाल ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको सिद्धार्थ इन्स्योरेन्सको हकप्रदपछि कम्पनीको ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले तोकेको पूँजी १ अर्ब कायम गर्न कम्पनीलाई १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ, बाँकि पुंजी बोनश शेयरबाट पुरा गर्ने योजना कम्पनीको रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS