इन्स्योरेन्स खबर/काठमाडौँ: जिबन बीमा ब्यबसाय गर्ने, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ ।साधारण सेयर निष्कासन प्रस्ताब सहित कम्पनीले असार ३१ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
२ अर्ब १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको रिलायन्समा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको छ । कम्पनीले ६३ करोड रकम बराबरको पुंजी साधारण सेयरबाट जम्मा गरि बिमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने २ अर्ब पुंजी कायम गर्ने छ । सञ्चालक समितिको गत शुक्रबार बसेको ४८ औं बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको थियो । साधारण सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्ने छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले सर्बसाधारणको लागि शेयर निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव लैजादै
