IME Life New
GBIME

रास्ट्रिय बीमा कम्पनीले गर्यो ओम डेभलपमेण्ट बैंक र पोखरा बिश्वबिध्यालय संग फरक फरक सहमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड् र ओम डेभलपमेण्ट बैंकबिच भाद्र ०२ गते औपचारिक रुपमा बैंकास्योरेन्स सहमति सम्पन्न भएको छ । बैकको प्रधान कार्यलय पोखरामा सम्पन्न उक्त सहमतिमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनी लिमिटेड्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझिले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा बैंकले आफ्नो सम्पत्ती, ग्राहक तथा कर्मचारीहरुको दुर्घटना, स्वास्थ र लगानी गरिएको सम्पत्ति माथीको बिभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गर्ने ब्यबस्था गरिएको छ । यस सम्झौता मार्फत बैकका ग्राहकहरुले बैंकका ५३ शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्दै आवश्यक परेको समय दाबी भुक्तानी सहजरुपमा लिन सक्ने छन ।

Crest

सरकारी स्वामित्वको बीमा कम्पनीले नयाँ ब्यबसायीक रणनिती अनुरुप आक्रमक रुपमा बजार बिस्तार गर्दै दाबी परेको समयमा सहजरुपमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता दोहर्याएको छ । यो सम्झौताले ओम डेभलपमेण्ट बैंकको सबै प्रकारको लगानीलाई सुरक्षण प्रदान गर्ने छ । बैंक र बीमाको माध्यमबाट नै देश को अर्थ ब्यबस्थामा प्रभावकारी बिकास गर्न सकिने हुदा दुबै पक्ष मिलेर ग्राहकको बिश्वास लिदै सेवा प्रदान गर्न दुबै पक्ष कटिबद्ध रहेका छन ।

त्यैसैगरी भाद्र ०२ गतेनै , पोखरा बिश्वबिध्यालय अन्तरगतको स्कुल अफ बिजनेस संग पनी मानब संसाधन तथा बीमा सचेतना अभिबृर्दी गर्ने सहमती भएको छ । राष्ट्रिय बीमा कम्पनी  लिमिटेड्को शाखा कार्यालय पृथ्वीचोकमा सम्पन्न कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझि र पोखरा बिश्वबिद्धालय, स्कुल अफ बिजनेस का निर्दैशक डा. रबिन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् ।

यस सहमती पश्चात पोखरा बिश्वबिद्धालय, स्कुल अफ बिजनेस का बिबिए र बिआई, बिबिए र एमबिए का बिध्यार्थिहरुलाई बिमा बिषयमा सोधकार्य र इण्टर्नसिप गर्ने कार्यमा बीमा कम्पनीले सहजिकरण र सहयोग गर्ने छ । इण्टर्नसिप र सोधकार्य गर्न अब पोखरा बिश्वबिद्धालय, स्कुल अफ बिजनेस का बिबिए र बिआई, बिबिए र एमबिए का बिद्धार्थिहरु शहर केन्द्रित नभई ग्रामिण क्षेत्रमा जानु पर्ने छ ।

कम्पनीले तोकेका स्थानिय तहमा गई पशु तथा पंक्षी बीमा, बाली बीमा र लघु बीमाको बारेमा तल्लो तहका जनतालाई सचेत गर्नु पर्ने हुन्छ । राज्यले प्रदान गरेको पशु तथा बाली बीमाको अनुदान बास्तविक कृषक संग नपुगेको र निजी बीमा कम्पनीहरु शहर केन्द्रित भई रहेको बर्तमान सन्दर्भमा सरकारी स्वामित्वका यि दुई निकायहरुको सहमतीले जनताको तल्लो तह सम्म बीमा ज्ञान पुग्ने र सरकारले प्रदान गरेको अनुदान तल्लो तहै सम्म पुग्ने बिश्वास गरिएको छ ।

गत आषाढ १ देखी सुकल्याण पराजुली बजार बिज्ञको रुपमा राष्ट्रिय बीमा कम्पनीमा नियूक्त भए पश्चात कम्पनीले आक्रमक बजार रणनिती अबलम्बन गर्दै आएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS