काठमाडौं । नेपाल बीमा प्राधिकरणले चीनबाट आएको भीषण बाढीबाट प्रभावित रसुवाका साथै नुवाकोट र धादिङका विभिन्न स्थानमा उद्धार कार्यमा लाग्न बीमकहरुलाई आह्वान गरेको छ।
प्राधिकरणले मौखिक रुपमै बीमकहरुलाई तत्काल उद्धार कार्यमा लाग्नआह्वान गरेको छ। ‘हामीले अहिले निर्जीवन बीमा कम्पनीहरुलाई बोलाएर भन्ने बेला भएको छैनौँ। अहिले उद्धार कार्यमा लाग्ने बेला हो’, प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले भने, ‘अहिले मौखिक रुपमै उद्धार कार्यमा लाग्न भनिरहेको छौँ।’
प्रभावित क्षेत्रमा क्षति विवरण पनि संकलन गर्न सुरु गरिसकेको सुवेदीले बताए। ‘अवस्था अलि सामान्य बनेपछि बीमकहरुलाई क्षतिको विवरण संकलन गरी प्राधिकरणमा पठाउन र बीमा दाबी भुक्तानी पनि शीघ्र उपलब्ध गराउन भन्नेछौँ’, उनले भने।












