काठमाडौं । दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ समकक्षी समक्ष राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङ–काठमाडौं रेलमार्गको प्रतिक्षामा नेपाली जनता रहेको बताएकी छिन् । आज सोल्टी होटलस्थित रात्रीभोजमा सरिक चिनियाँ समकक्षीले नेतृत्व गरेको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपालको पुरानो दृढता दोहोर्याउँदै विकास र समृद्धिमा चिनियाँ साथ र सहयोग आवश्यक रहेको औल्याएकी छिन् ।
एक चीननीतिप्रति दृढ हुँदै चिनियाँ समकक्षी समक्ष राष्ट्रपति भण्डारीले भनिन्, ‘केरुङ–काठमाडौं रेलको प्रतिक्षामा जनता छन्’
