IME Life New
GBIME

आईएमई जनरल इन्स्योरेन्सको व्यवसायमा प्रगति जारी, खुद बीमा शुल्क आर्जन रकममा ४१ प्रतिशतको वृद्धि

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म ९० करोड २२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ६७ करोड ५२ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ३४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीले ३९ करोड ५१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम ४१ प्रतिशतले वृद्धि भएको छ ।

Crest

९ महिनाको अवधिमा कम्पनीले १० करोड  खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २१ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २० रुपैयाँ ३४  पैसा थियो ।

कम्पनीको जगेडा कोषमा १९ करोड ४४ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष ६९  प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने ६९ प्रतिशतले वृद्धि हुँदै २२ करोड ९७  लाख पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम २९ करोड ३०  लाख छ भने खुद दावी भुक्तानी रकम १५  करोड ५  लाख रहेको छ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ५३  प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले ३० करोड ९० लाख रकम भुक्तानी हुन् बाँकी छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS