IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत उच्च व्यवस्थापन समूह र नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछाने सहित पूर्व अध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थितिमा हस्ताक्षर भएको हो ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र संघसँग आवद्ध सदस्य तथा व्यवसायीहरूलाई सहज, गुणस्तरीय तथा भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ ।

Esewa
Crest

नेपाल रिकन्डिसन अटो व्यवसायी संघसँग आवद्ध देश भरीका सदस्यहरुको सम्पत्ति, सवारी साधन लगायत संघ तथा सदस्य सम्बद्ध संस्थाहरुबाट बिक्री वितरण हुने सम्पूर्ण सवारी साधनको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट दावी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफू र आफ्ना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग बीमालेख खरिद गरी सबै प्रकारका निर्जीवन बीमा सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सोही अवसरमा अध्यक्ष प्रबिन लामिछानेले संघसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा क्रमशः वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र बीमा सेवाको लागि कम्पनीसँग आवद्ध हुन पाएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS