IME Life New

बीमा विवाद सल्टाउन बीमितका लागि विश्वकै सबैभन्दा ठूलो विश्वव्यापी गठबन्धन गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायत विवाद कानुन फर्म स्टुअट्र्सले १४ अग्रणी स्वतन्त्र अन्तर्राष्ट्रिय फर्महरुसँग मिलेर विश्वकै सबैभन्दा ठूलो विश्वव्यापी नेटवर्क ‘ग्लोबल पोलिसीहोल्डर एलायन्स (जीपीए)’ गठबन्धन गठन गरेको छ। जुन विश्वको सबैभन्दा ठूलो विश्वव्यापी नेटवर्क हो।

सदस्य फर्महरुबीचको घनिष्ठ सहकार्यमार्फत एलायन्सले प्रमुख बीमा विवादहरुमा सँगै काम गर्दै सीमापार सल्लाह प्रदान गर्नेछ। एलायन्सले बीमा बजारमा लामो समयदेखि रहेको असन्तुलनलाई सम्बोधन गर्नेछ।

Esewa
Crest

बीमा कम्पनीहरुले स्थापित विश्वव्यापी कानुनी फर्महरुको नेटवर्क प्रयोग गर्न सक्षम भए पनि सीमापार विवादहरुमा बीमितहरुले त्यस्तो विशेष कानुनी सहायताको पहुँचको अभाव रहेको छ। जीपीएमार्फत प्रमुख बीमा विवादहरुको सामना गरिरहेका व्यवसायहरुले अमेरिका, युरोप, एसिया प्रशान्त, मध्यपूर्व र अन्य प्रमुख क्षेत्रहरुमा सदस्य फर्महरुबाट उत्कृष्ट स्थानीय ज्ञान र सीमापार सल्लाह पहुँच गर्न सक्षम हुनेछन्।

स्टुअट्र्समा बीमित विवाद प्रमुख र एलायन्सका संस्थापक आरोन ले मार्चरका अनुसार बीमा विवादहरु अब बढ्दो रुपमा अन्तर्राष्ट्रिय हुँदै गइरहेका छन्। ‘तर, अहिलेसम्म व्यावसायिक बीमितहरुले बीमा कम्पनीहरु जत्तिकै विशेषज्ञ वकिलहरुको विश्वव्यापी नेटवर्कमा सहज पहुँच पाएका छैनन्’, उनले भने, ‘यस एलायन्सको सुरुआतले यो परिवर्तन गर्नेछ। विश्वका धेरै अग्रणी बीमित विवाद वकिलहरुलाई एकै ठाउँमा ल्याएर व्यवसायहरुले अब आफ्नो स्थानीय क्षेत्रमा उत्कृष्ट कानुनी ज्ञान, साथै विवाद अन्तर्राष्ट्रिय भएमा सीमापार समर्थनमा पहुँच गर्न सक्छन्।’

अन्ततः उद्देश्य भनेको विश्वको जुनसुकै ठाउँमा दाबी उठे पनि बीमितहरुले उच्चतम गुणस्तरको कानुनी सहायतामा पहुँच पाउन सकून् भन्ने सुनिश्चित गर्नु रहेको मार्चर बताए। ‘एलायन्स विशेषगरी बीमितहरुका लागि विशेषज्ञ कानुनी सहायता प्रदान गर्नमा अद्वितीय छ’, उनले भन, ‘जसलाई चार विश्वव्यापी क्षेत्रहरुमा २ हजार ५०० भन्दा बढी वकिल समावेश गरी स्थापित र ठूलो मुद्दा अभ्यासद्वारा समर्थित गरिएको छ।’

यो गठबन्धनको काम अक्टोबर २१ मा लन्डन, नोभेम्बर ४ मा दुबई र नोभेम्बर १९ मा सिंगापुरमा आयोजित कार्यक्रमहरुसहित सुरु हुनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS