IME Life New

त्रिपुरेश्वरमा चालकद्वारा आगजनी गरिएको बसका मालिकले क्षतिपूर्ति पाउँछन् कि पाउँदैनन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिपुरेश्वर चोकमा असोज ५ गते दिउँसो ट्राफिक प्रहरीसँगको विवादपछि जानाजानी बसमा आगजनी गरेको घटनामा बीमा दाबी के हुन्छ भन्ने जिज्ञासा हुन सक्छ। बीमाकृत सम्पत्तिमा धनी स्वयंले जानाजानी आगो लगाएको अवस्थामा दाबी लाग्दैन। तर, तेस्रोे पक्षको आगजनीबाट क्षति भएको अवस्थामा भने धनीले बीमा दाबीबापतको रकम क्षतिपूर्ति प्राप्त गर्छन्।

आफैँले गुडाएको रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगजनी गर्दा गम्भीर घाइते बस चालकको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो। नब्बे प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल पुर्याइएकाले गम्भीर अवस्थाका कारण उनको उपचार सफल हुन सकेन।

Esewa
Crest

सुरुमा चालक अनुमतिपत्रका आधारमा प्रहरीले मृतक चालकको नाममा काभ्रे स्थायी ठेगाना भएका दाबा लामा हो भन्ने जानकारी गराएको थियो। तर, पछि दाबा लामा भन्ने व्यक्ति जीवितै फेला परेपछि मृतकको वास्तविक परिचय मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरी स्थायी ठेगाना भएका अर्जुन दोङ तामाङ रहेको भन्ने खुलेको थियो।

ती चालकसँग सवारी चालक अनुमतिपत्र नभएको अवस्थामा बस गुडाएको हो भने ती चालकको परिवारजनले दुर्घटना मृत्युबापतको दाबी रकम पनि भुक्तानी पाउने छैनन्। किनकि प्रचलित कानुन विपरीतको कार्य गरेको अवस्थामा बीमा दाबी नलाग्ने सर्त तोकिएको हुन्छ।

सवारी नियम उल्लंघन नगरेको र आफू निर्दोष हुँदाहुँदै पनि नेपाल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जरिवानाको चिट काटेको भन्दै आक्रोशित बनेका चालकले सडकमै बस तेर्साएर आगजनी गरेका थिए।

यसअघि नगरप्रहरीले मोटरसाइकलमा ह्विल लक गरिदिएका कारण त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि असार २५ गते आत्मदाह गरेका मोटरसाइकल चालक जुम्लाका गणेश नेपालीप्रति सहानुभूति जनाउँदै थुप्रैले उनको परिवारजनलाई सहयोग गरे पनि बस आगजनीको घटनामा सर्वसाधारण तुलनात्मक रुपमा मौन देखिएका छन्। उनीहरुले यस्तो प्रवृत्तिमा सहानुभूति जनाउँदा आत्महत्यालाई प्रोत्साहन मिल्ने आंकलन गरेरै घटनाप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरे पनि सहयोग जुटाउने अभियान चलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS