IME Life New

जीवन बीमाको आवश्यकता किन ? यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानिसका लागि जीवन बीमा निकै आवश्यक भइसकेको छ। यसले तपाइँ र तपाइँको परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्छ। आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्न पनि अभिभावकले जीवन बीमा गर्न आवश्यक छ। तपाइँ हुँदा र हुँदा पनि जीवन बीमाले तपाइँको परिवारलाई वित्तीय अभाव हुन दिने छैन।

हरेक मानिसका आआफ्ना चाहना हुन्छन्। ती चाहना पूरा गर्न हामीले बचतको बानी विकास गर्नुपर्छ। जीवन बीमा पनि बचतकै एउटा पाटो हो। यसले तपाइँको जीवन सुरक्षादेखि वित्तीय लक्ष्य प्राप्तिमा मद्दत गर्छ। यसले मानिसमा बचतको बानी पनि विकास हुन्छन्। स–सानो प्रिमियमले भोलिका दिन एउटा ठूलो धनराशि जम्मा हुन्छ। जसले गर्दा तपाइँले आफ्नो भविष्यको योजना र लक्ष्य सजिलै पूरा गर्न सक्नुहुन्छ।

Esewa
Crest

जीवन बीमाले तपाइँलाई शान्तिको अनुभूति पनि प्रदान गर्छ। किनकि मानिसको जीवन अनिश्चित छ। यदि तपाइँले जीवन बीमा गर्नुभएको छ र पछि केही कारणले तपाइँलाई केही भइहालेमा यसले तपाइँको परिवारलाई वित्तीय सहयोग प्रदान गर्छ। जीवन बीमामा पेन्सन योजना पनि छन्। तपाइँको अवकाशपछि पनि तपाइँले मासिक रुपमा पेन्सनस्वरुप निश्चित रकम पाउनुहुनेछ।

जीवन बीमा अर्को महत्वपूर्ण पाटो भनेको यसले तपाइँले आफ्नो आम्दानीबाट तिर्दै आउनुभएको कर घटाउन मद्दत गर्छ।

अर्कोतर्फ हरेक अभिभावकको चाहन्छ कि उनीहरुका छोराछोरीको भविष्य सुनौलो होस् । त्यसैले यदि तपाइँले जीवन बीमा गर्नुभएको छ भने भविष्यमा तपाइँलाई केही भइहालेमा यसले तपाइँका छोराछोरीलाई वित्तीय सुरक्षा प्रदान गर्नेछ।

निश्चित अवधिसम्म बीमा बीमाशुल्क जम्मा त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेशकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव हुँदैन । कुनै दुर्घटनामा परेर स्थायी अपाङ्गता भएको वा अशक्तता भएको अवस्थामा पनि जीवन बीमाले मासिक खर्चवापत निश्चित रकम भुक्तानी गरिरहन्छ।

हाम्रो जस्तो मुलुकमा यसको महत्व अझै बढी देखिन्छ । कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्ति मात्र हुन्छ । कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ । तर, उसले जीवन बीमा गरेको छ भने उसको मृत्युपछि पनि उसका परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछ । यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ । बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ ।

बीमाका धेरै फाइदाहरु छन् जस्तै:
आर्थिक सुरक्षा
करमा छुट
ऋण सुविधा
परनिभर्रता उन्मूलन
भविष्य योजनाको निर्माण
बचत गर्न प्रोत्साहन
बालबालिकाको शिक्षामा टेवा
जोखिममा राहत
बुढेसकालमा साहरा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS