काठमाडौं । अमेरिकी उद्योगपति एवं विश्वकै धनीव्यक्ति एलन मस्कका दुई कम्पनीले आधिकारिक रुपमा एप्पल र ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन्।
ती दुवै कम्पनीले एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीबाट हुने खतरालाई रोक्न अवैध गठबन्धन बनाएको आरोप लगाएका छन्। अमेरिकामा एक्स र एक्सएआईले ओपनएआईको च्याटबटलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गर्ने एप्पलको कदमको विरुद्ध मुद्दा दायर गरेका छन्। एक्स भन्छन्, ‘यो प्रतिस्पर्धा नियमहरुको उल्लंघन हो।’
एक्सका मालिक एलन मस्कले यस महिनाको सुरुमा दुई ठूला कम्पनीविरुद्ध यस्तै उजुरी दायर गरेका थिए। उनी भन्छन्, ‘एप्पलले पनि आफ्नो स्टोरमा ओपनएआईको श्रेणी बढाइरहेको छ, जुन गलत हो।’
एप्पलले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। साथै, ओपनएआईले यो मुद्दा ‘मस्कले सिर्जना गरिरहेको निरन्तर समस्याहरुको ढाँचा’ अनुरूप रहेको जनाएको छ।

















