IME Life New

गत साता १०% माथि मूल्य बढ्न सफल कम्पनी कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा अघिल्लो साताको तुलनामा गत साता विभिन्न चार कम्पनीको सेयरमूल्यमा १० प्रतिशत माथिको सुधार देखिएको छ। भदौ १८ गते बिहीबारको कारोबार मूल्यसँग तुलना गर्दा गत साता भदौ २६ गते शुक्रबारसम्म आइपुग्दा ती कम्पनीहरुको मूल्य दोहोरो अंक प्रतिशतले बढेको हो।

प्रतिशतका आधारमा मूल्य वृद्धि हुने सूचीमा लिबर्टी इनर्जी कम्पनी सबैभन्दा अगाडि देखिएको छ। अघिल्लो साता प्रतिकित्ता २१० रुपैयाँ रहेको यस कम्पनीको मूल्य गत साता ४२.२० रुपैयाँ अर्थात् २०.१० प्रतिशतले बढेर २५२ रुपैयाँ २० पैसा पुगेको छ।

Esewa
Crest

त्यस्तै पियोर इनर्जी लिमिटेडको मूल्यमा पनि गत साता राम्रो उछाल आएको छ। गत साता प्रतिकित्ता ६६२ रुपैयाँमा किनबेच भएको यस कम्पनीको शेयर १०२ रुपैयाँ (१५.४१ प्रतिशत)ले उकालो लागेर ७६४ रुपैयाँ पुगेको छ।

मूल्य बढेका कम्पनीहरुमध्ये सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज पनि अगाडि रहेको छ। अघिल्लो साता प्रतिकित्ता १ हजार २१० रुपैयाँ कायम रहेको यस कम्पनीको मूल्य गत साता १६० रुपैयाँ (१३.२२ प्रतिशत)ले वृद्धि भई १ हजार ३७० रुपैयाँ पुगेको छ।

यसैगरी शिवश्री हाइड्रोपावरको शेयरमूल्यमा पनि गत साता ११.०४ प्रतिशतको बढोत्तरी देखिएको छ। अघिल्लो साता प्रतिकित्ता १९१ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको यस कम्पनीको शेयरमूल्य गत साता २१.१० रुपैयाँले बढेर २१२ रुपैयाँ ३० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS