IME Life New

बैंक ब्याजदर घट्दा ‘फिक्स्ड डिपोजिट’ बीमाबाट झन्डै रु. ७ अर्ब संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तरलता अत्यधिक भएको भन्दै सबै खाले निक्षेपको ब्याजदर ६ प्रतिशतमुनि कायम गरेपछि उपयुक्त प्रतिफलको खोजी गर्दै ठूला बचतकर्ताहरु जीवन बीमा कम्पनीतर्फ मोडिएका छन्।

एकल बीमाशुल्क बीमा (फिक्स्ड डिपोजिट बीमा)प्रति बीमितको आकर्षणसँगै चालु आर्थिक वर्ष २०८१।८२ को जेठ मसान्तसम्ममा जीवन बीमकले कुल ६ अर्ब ८० करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कुल २ अर्ब ३८ करोड ९७ लाख रुपैयाँ संकलन गरेका थिए ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८०।८१ को पहिलो ११ महिना(जेठ मसान्तसम्म) को तुलनामा चालु आवको सोही अवधिमा एकल बीमाशुल्क आम्दानी १८४.९२ प्रतिशतले बढेको छ। एकल बीमाशुल्क संकलन बढ्दा कुल बीमाशुल्क आम्दानीमा यसको योगदान पनि १.७९ प्रतिशतबाट बढेर ४.३९ प्रतिशतमा उक्लिएको छ।

प्राधिकरणले प्रकाशन गरेको ‘बीमा प्रतिविम्ब’ मासिक बुलेटिनका अनुसार एकल बीमाशुल्क बीमाको माग बढेसँगै यस्तो बीमालेखको बिक्रीको संख्या पनि झन्डै ४२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो ११ महिनामा कुल १४ हजार ६३२ वटा एकल बीमालेख जारी भएकोमा यो वर्ष पहिलो ११ महिनामा २० हजार ७४६ वटा बीमालेख जारी भएको छ।

जीवन बीमा बजारमा बीमाको वार्षिक औसत प्रतिफल ५ देखि ६ प्रतिशत रहेको छ। यो आधारमा अभिकर्ताले प्रथम बीमाशुल्कको कमिसन, अभिकर्ता इन्सेन्टिभबापत समेतको रकम बीमितलाई नै फिर्ता गरिदिएर मुद्दति बीमाका लागि प्रोत्साहित गरिरहेका छन्।

बैंक ब्याजदरको तुलनामा थोरै बढी प्रतिफल, बीमांकको गुणासम्म जोखिम बहन, एकमुष्ठ बीमाशुल्क भुक्तानीको सुविधा, एकमुष्ठ भुक्तानी गर्दा बीमांक रकमभन्दा थोरै भुक्तानी गर्नुपर्ने सुविधाका कारण मुद्दति निक्षेप बीमाप्रति बीमितको आकर्षण बढेको हो।

२०७७ देखि २०७८ सालको अवधिमा मुद्दति निक्षेपको वार्षिक ब्याजदर १२ प्रतिशत नाघेपछि बीमितले बीमालेखको धितोमा कर्जा लिँदै बैंकमा मुद्दति निक्षेप राखेका थिए। त्यो समयमा अधिकांश जीवन बीमकले वार्षिक १० प्रतिशत ब्याजदरमा बीमालेख कर्जा उपलब्ध गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS