काठमाडौं । हिमालयन डिस्टिलरीको शेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्ष २०८१।८२ को बोनस शेयरका लागि हिमालयन डिस्टिलरीको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार १५१.६७ रुपैयाँ कायम गरेको हो। हिजो बुधबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ३८२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
गत आर्थिक वर्षका लागि कम्पनीले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
कम्पनीले यही कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा पर्साको वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

















