IME Life New

मूल्य समायोजनपछि हिमालयन डिस्टिलरीको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीको शेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्ष २०८१।८२ को बोनस शेयरका लागि हिमालयन डिस्टिलरीको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार १५१.६७ रुपैयाँ कायम गरेको हो। हिजो बुधबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ३८२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

गत आर्थिक वर्षका लागि कम्पनीले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

कम्पनीले यही कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा पर्साको वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS