काठमाडौं । नेप्से परिसूचक सोमबार २६०१।६१ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ६.७४ अंकले बढेको हो।
बजारमा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । यो ब्रोकरबाट ३५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १७ करोड ५१ लाख रुपैयाँको खरिद र १७ करोड ९५ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३३ बाट १६ करोड २ लाख रुपैयाँको खरिी भएको छ भने १७ करोड ५० लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैले बिक्री धेरै गरेका छन्।


















