IME Life New

के हो जीवन बीमाको अभिकर्ता प्रोत्साहन रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ता जीवन बीमा व्यवसायको अभिन्न अंग हो । अझ नेपाली बीमा बजारमा अझ पनि उहि परम्परागत बीमा योजनाहरुको वर्चश्व रहँदा ९५ प्रतिशत भन्दा बढी जीवन बीमा बीमा अभिकर्ताको माध्यम बाट नै बिक्री हुने गर्दछ । यस्तो अवस्थामा जीवन बीमा कम्पनीले व्यापार ल्याउन गर्ने पर्ने एउटै काम अभिकर्ता रिझाउनु हो ।

जीवन बीमा कम्पनीको निम्ति बीमा बिक्री गरीदिए वापत बीमा अभिकर्ताले दुईवटा शीर्षकमा पारिश्रमिक पाउँछन : कमिशन रकम र प्रोत्साहन रकम। अभिकर्ताको कमिशन रकम बीमा शुल्कको निश्चित प्रतिशत हुने र व्यापार गर्ने अभिकर्ताले सोझै प्राप्त गर्ने हुँदा यस विषयबारे धेरै जसो व्यक्तिहरु जानकार नै छन् तर प्रोत्साहन रकम चाहीँ खास कसरी वितरण हुन्छ भने विषयमा भने बीमासँग सरोकार राख्ने व्यक्तिहरु समेत अनभिज्ञ रहेको पाइन्छ। त्यसैले आज अभिकर्ता प्रोत्साहनको चर्चा गरौँ है त ?

Esewa
Crest

अभिकर्ता प्रोत्साहन रकम
बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुले कुल आर्जन गर्ने प्रथम बीमाशुल्कको १८ प्रतिशतसम्म रकम अभिकर्ताको प्रोत्साहनको लागि खर्च गर्न पाउने प्रावधान गरेको छ। अर्थात बीमालेख जारी गर्दा बीमितले भुक्तानी गर्ने प्रथम बीमाशुल्कको १८ प्रतिशतसम्म रकम कम्पनीले अभिकर्ताको प्रोत्साहनका निम्ति खर्च गर्छ । स्मरण रहोस, यो रकम अभिकर्ताले प्राप्त गर्ने कमिशन बाहेकको रकम हो, जुन बीमितले भुक्तानी गर्ने पहिलो बीमा शुल्कबाट मात्र प्रदान गरिन्छ, दोस्रो वर्ष देखिको बीमाशुल्कबाट भने प्रोत्साहन रकम वितरण गर्न पाइदैन ।

अभिकर्ताको संरचना
अभिकर्ता प्रोत्साहन रकम कसरी प्रदान गरिन्छ बुझ्नु अगाडी अभिकर्ताको संरचना बुझ्न जरूरी छ। बीमा अभिकर्ताहरुको तह हुन्छ। साधारणतया यो संरचना दुई वा तीन तहको हुन्छ । एजेन्सी म्यानेजर, वरिष्ठ एजेन्सी म्यानेजर , एजेन्सी कोअर्डीनेटर जस्ता नाममा दुई देखि तीन तह छुट्टाइएको हुन्छ जुन कम्पनी पिच्छे फरक हुन्छ । नाम जे भएता पनि कम्पनीले वार्षिकरूपमा ल्याउन पर्ने व्यापारको न्यूनत्तम सीमा तोकेको हुन्छ, जुन पूरा गरेको अवस्थामा आउने एक वर्षको लागि उक्त पद प्राप्त हुन्छ र वर्षै पिच्छे कम्पनीले तोकेको व्यापार सीमा पूरा गरी नवीकरण गरिरहनु पर्ने हुन्छ । उक्त पद प्राप्त भए पछि उसले नयाँ मान्छेलाई आफ्नो मातहतमा अभिकर्ता बनाउन पाउँछ । यसरी एउटा अभिकर्ताले निश्चित बीमाशुल्कको सीमापार गरेर आफ्नो मातहतमा नयाँ अभिकर्ता बनाउँदा दुई तहको संरचना कायम हुन्छ, ठीक यसै गरी कुनै कम्पनीले बीचमा अर्को तहको व्यवस्था गरीदिएको हुन्छ जस्ले गर्दा तीन तहको सम्म संरचना सृजना हुन्छ ।

प्रोत्साहन रकमको बाँड्फाँड
अभिकर्ता प्रोत्साहान रकमको बाँड्फाँड् बुझ्न सहजताका लागि जम्मा दुई तहको अभिकर्ता संरचना माथि ऐजन्सी म्यानेजर र तल अभिकर्ता कायम हुँदाको उदाहरणबाट बुझौँ । माथि उल्लेख गरे जस्तै यदि कोही अभिकर्ता बीमा कम्पनीले राखेको व्यापार सीमा पूरा गरी एजेन्सी म्यानेजर बन्न सफल भएको खण्डमा उक्त ऐजन्सी म्यानेजरले एक वर्षको लागि कम्पनीबाट थप सुविधाहरु जस्तै मासिक तलब, मोबाइल खर्च, लगायत अन्य सुविधा प्राप्त गर्छ, जुन रकम नै अभिकर्ता प्रोत्साहन अन्तर्गत रकम हो ।

यसैगरी यही संरचनामा अन्तर्गत कुनै एक ऐजन्सी म्यानेजरको मातहतमा रहेको अभिकर्ताले बीमा बिक्री गर्दा अभिकर्ताले प्राप्त गर्ने कमिशन बाहेक ऐजन्सी म्यानेजरले पनि निश्चित प्रतिशत कमिशन पाउँछन्, यो पनि प्रोत्साहन रकम अन्तर्गत नै पर्दछ । साधारणतया आफू मातहतको अभिकर्ताले व्यापार गर्दा पनि प्रथम बीमाशुल्कमा ३ देखि ५ प्रतिशतसम्म रकम माथिल्लो तहका अभिकर्ताले प्राप्त गर्छन् ।

उदाहरणका लागि कुनै कम्पनीमा एजेन्सी म्यानेजर, एजेन्सी कोअर्डिनेटर र अभिकर्ता गरी तीन तह कायम छ र संरचनाको सबैभन्दा तल्लो तहमा रहेको अभिकर्ताले बीमाशुल्क ल्याएको अवस्थामा ३ प्रतिशत एजेन्सी म्यानेजरलाई र ३ प्रतिशत एजेन्सी कोरडीनेटर गरी ६ प्रतिशत प्रोत्साहन रकम माथिल्लो तहका अभिकर्ताले प्राप्त गर्छन । एजेन्सी म्यानेजर स्वयंले बीमाशुल्क ल्याएको खण्डमा भने ६ प्रतिशत नै रकम उसैले प्राप्त गर्दछ ।

अन्य कुन शीर्षकमा हुन्छ वितरण?
यसरी मथिल्लो तहका अभकर्ताले कमिशन र मासिक सुविधाबाट पाउने रकम बाहेक कम्पनीले अभिकर्तालाई मासिक रूपमा निश्चित बीमशुल्कको सीमा कटाए वापत विभिन्न उपहार प्रदान गर्ने देखि पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा समेत लाने गर्दछ। त्यसबाहेक कम्पनीले बेलाबखत अभिकर्ताहरुको लागि तालिम तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गर्दछ ।

यसबाहेक कम्पनीहरुले अभिकर्तालाई लाइसेन्स नवीकरण शुल्क, म्यादी जीवन बीमा, सवारी साधन सुविधा समेत प्रदान गर्ने गरेको हुन्छ। पहिले अभिकर्ताहरुले प्राप्त गर्ने बीमा अभिकर्ता कर्जा , विदेश भ्रमण जस्ता केही सुविधा भने अहिले नियामक निकायले नै प्रतिबन्ध लगाएको छ । यी सबै खर्च अभिकर्ता प्रोत्साहन अन्तर्गत नै पर्दछ, जुन कम्पनीले वर्ष भरी उठाएको प्रथम बीमाशुल्कको १८ प्रतिशत नाघ्नु हुँदैन ।

सारांशमा
बीमा कम्पनीले अभिकर्तलाई उसले ल्याउने बीमा शुल्कमा सोझै प्रदान गर्ने कमिशन बाहेक प्रथम बीमा शुल्कबाट १८ प्रतिशत सम्म प्रोत्साहन रकम प्रदान गर्दछ जुन बीमा ल्याउने मुख्य अभिकर्तामा भन्दा पनि माथिल्लो तहमा रहेका अभिकर्ताको निम्ति खर्च हुन्छ। कम्पनीले प्रदान गर्ने प्रोत्साहन रकमको ठूलो हिस्सा एजेन्सी म्यानेजरको कमिसन र सेवा सुविधामा जान्छ भने बाँकी केही हिस्सा अभिकर्ताको उपहार, भ्रमण, तालिम लगायत शीर्षकमा खर्च गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS