IME Life New

युक्रेन युद्धदेखि होर्मुज जलमार्गसम्मका बारेमा आफ्नो बैठकमा ट्रम्प र सी जिनपिङले के भने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको द्विपक्षीय बैठक सम्पन्न भएको छ। चीनको सरकारी प्रसारक सीसीटीभीले यो खबर गरेको छ।

बैठकको सुरुमा ट्रम्पले व्यापार, होर्मुज जलमार्ग, इरानको आणविक कार्यक्रम र रुस–युक्रेन युद्ध लगायत धेरै मुद्दाा चीनसँगको सहकार्यको बारेमा कुरा गरे। ट्रम्पले भने कि अमेरिका र चीन दुवै चाहन्छन् कि होर्मुजबाट ऊर्जा आपूर्ति जारी रहोस् र इरानसँग आणविक हतियार नहोस्।

Esewa
Crest

रुस–युक्रेन युद्धको बारेमा ट्रम्पले भने कि दुवै देश यसलाई अन्त्य गर्न मद्दत गर्न चाहन्छन्। किनकि प्रत्येक महिना लगभग २५ हजार सैनिक मरिरहेका छन्।

उनले ‘३० का लागि ३०’ सम्झौताको उल्लेख गरे। जसअन्तर्गत दुवै पक्षले लगभग ३० अर्ब डलर बराबरको शुल्क घटाउनेछन्। ट्रम्पले भने कि अमेरिकी किसानले लाभ उठाएका छन् र उनी चीनलाई उनीहरुका लागि थप कदम चाल्न आग्रह गर्नेछन्।

ट्रम्पले सी जिनपिङसँगको आफ्नो व्यक्तिगत सम्बन्धलाई ‘उत्कृष्ट’ भनेर वर्णन गरे। उनले भने, ‘मलाई लाग्छ जबसम्म तपाइँ र म जिम्मेवारी लिइरहनुहुन्छ तबसम्म हामीलाई कहिल्यै कुनै समस्या हुने छैन।’

यसैबीच समाचार एजेन्सी रोयटर्सका अनुसार सीले ट्रम्पलाई भने कि उनी चीन–अमेरिका सम्बन्धलाई ‘सही दिशामा अगाडि बढाउन’ उनीसँग काम गर्न तयार छन्।

सीले दुई देशबीचको सम्बन्ध समग्रमा स्थिर र सुधार भइरहेको वर्णन गरे। उनले भने, ‘दुई नेताहरुले पारस्परिक सम्मान, निष्पक्षता र एकअर्का अनुरुप कदम चाल्ने आधारमा सम्बन्धलाई पुनः आकार दिएका छन्।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS