काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.६३ प्रतिशतले बढेको छ भने अन्य समूह सर्वाधिक ०.३६ प्रतिशतले घटेको छ।
आज बजारमा १४५ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १०३ कम्पनीको शेयरभाउ घटेको छ।
बजारमा आज ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन साहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- साहास ऊर्जाः ३६ करोड ५३ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३१ करोड ४७ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः ३० करोड ७५ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः २५ करोड ७८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ५ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः २० करोड ६८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १९ करोड ९९ लाख रुपैयाँ
- युनिभर्सल पावरः १७ करोड २० लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः १६ करोड ११ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः १५ करोड ४९ लाख रुपैयाँ

















