काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.४३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ११२ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १३४ कम्पनीको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन बुटवल पावरको कम्पनीको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- बुटवल पावरः ५३ करोड ९४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३६ करोड १६ लाख रुपैयाँ
- राधी विद्युतः २४ करोड ८९ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः २० करोड २० लाख रुपैयाँ
- चन्द्रागिरी हिल्सः १७ करोड ५० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १७ करोड ३५ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः १५ करोड ८० लाख रुपैयाँ
- पाँचथर पावरः १४ करोड ५४ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १३ करोड ९३ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ११ करोड ७० लाख रुपैयाँ

















