काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक १.९३ प्रतिशतले बढेको छ।
बजारमा यो दिन १५३ कम्पनीको शेयरभाउ बढेको छ। आज ९६ प्रतिशतले शेयरभाउ घटेको छ।
बजारमा आज १६ अर्ब ३२ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको देखिन्छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ७५ करोड ६६ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ७५ कारोड २८ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः ५६ करोड ७९ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः ५१ करोड ७१ लाख रुपैयाँ
- लुम्बिनी विकास बैंकः ४२ करोड १७ लाख रुपैयाँ
- साहास ऊर्जाः ३९ करोड ५ लाख रुपैयाँ
- शिवश्री हाइड्रोपावरः ३४ करोड ८१ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३२ करोड ९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३१ करोड ५५ लाख रुपैयाँ
- राधी विद्युतः २९ करोड ६५ लाख रुपैयाँ

















