IME Life New

सेबोनसमक्ष नियमावलीका ६ वटा नियम संशोधन गर्न ब्रोकर्स एसोसिएसनको प्रस्ताव, के-के छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)समक्ष स्टक ब्रोकर्स एसोसिएसनले धितोपत्र व्यवसायी नियमावलीका ६ वटा नियम संशोधनको प्रस्ताव पेस गरेको छ।

एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सोमबार भेटेर नियमावलीको नियमहरुमा संशोधनको प्रस्ताव पेस गरेको हो। धितोपत्र दलाल तथा व्यवसायीहरुको छाता संगठनले ब्रोकरको न्यूनतम चुक्तापुँजी कायम गर्ने समयावधि बढाएर २०८४ असार मसान्तसम्म कायम गर्न प्रस्ताव गरेका छन्। हालको नियमावलीको नियम १० को (१)मा ब्रोकरको न्यूनतम चुक्तापुँजी पुर्याउने समयसीमा २०८२ असार मसान्तसम्म तोकिएको छ। एसोसिएसन संशोधन गर्नुपर्ने कारणमा उक्त नियम प्रारम्भ हुँदाका बखतमा चालु धितोपत्र दलालहरुको पुँजी न्यूनतम २ करोडको व्यवस्था रहेकोमा १० गुणा वृद्धि गर्ने व्यवस्था र समयसीमा एकदम थोरै रहेकोले र २०८२ असारभित्र पुँजी वृद्धि असम्भव प्रायः रहेको उल्लेख छ।

Esewa
Crest

यसैगरी एसोसिएसनले नियमावलीको नियम १८ को खमा पनि संशोधन गरेर सूचीकृत संगठित संस्थामा सञ्चालक वा लेखापरीक्षक रहेको कायम गर्न प्रस्ताव गरेको छ। हालको नियमअनुसार सूचीकृत संगठित संस्थामा सञ्चालक, कर्मचारी वा लेखापरीक्षक रहेको हुनुपर्ने प्रावधान रहेको छ। संशोधन गर्नुपर्ने कारणमा एसोसिएसनले क वर्गका बैंकको लगानी रहेको धितोपत्र दलाल तथा व्यापारी संस्थामा बैंकसँग सम्बन्धित कर्मचारीलाई नियुक्त गर्न नपाइएको उल्लेख छ।

एसोसिएसनले हाल नियम २७ (६) मा संशोधन गर्दै धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ। हालको नियममा नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन नसक्ने व्यवस्था रहेको छ। यो नियम संशोधन गर्नुपर्ने कारणमा धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारका सदस्यले गर्ने धितोपत्र कारोबारलाई एकद्वार प्रणालीमार्फत नियमित अनुगमन तथा रिपोर्टिङ गर्नका लागि रहेको उल्लेख छ।

त्यस्तै नियम २७ (७) व्यवस्था थप गर्न एसोसिएसनले प्रस्ताव गरेको छ। यस नियममा नियम २७ (६) बमोजिम धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारको सदस्यका नामबाट खरिद वा बिक्री गरिएको धितोपत्रको विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको ७ दिनभित्र धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने प्रावधान थप गर्न एसोसिएसनले प्रस्ताव गरेको छ।

bylaws amendment

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS