IME Life New

भिभो एक्स२०० प्रोः स्मार्टफोन प्रविधिमा नयाँ युगको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व प्रख्यात मोबाइल प्रविधि बान्ड भिभोले नयाँ फ्ल्यासशिप स्मार्टफोन, भिभो एक्स२०० प्रो नेपालमा लन्च गरेको छ। काठमाडौं स्थित मर्क्युर होटलको आज औपचारिक शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुभारम्भ गरेसँगै होटलकोमा एक भव्य कार्यक्रममार्फत राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो।

कार्यक्रमलाई अझ विशेष बनाउन, भिभो नेपालका बान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स २०० प्रोलाई अनावरण गरे । जसले स्मार्टफोन प्रविधिमा नयाँ अध्यायको शुरुवात गरेको छ।

Esewa
Crest

भिभो एक्स २०० प्रोले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क कायम गर्दै जाइस् नेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटीसंगै शक्तिशाली प्रदर्शन र आधुनिक डिजाइन भएको दावी कम्पनीले गरेको छ। कार्यक्रममा बोल्दै मिनी नेपालका बान्ड म्यानेजर दिपेश खनालले एक्स२०० प्रो प्रविधिको उच्चतम प्रयोग गर्नेहरूको लागी ल्याइए‌को बताए।

भिभो जाइस सहकार्यमा विकसित इमेजिङ प्रणालीले स्मार्टफोन फोटोग्राफीमा कान्ति ल्याउने विश्वास गरिए‌को छ। २०० मेगापिक्सेलको जाइस् एपिजी क्यामेराले अद्वितीय तस्वीर अनुभव प्रदान गर्दै, जाइस् टि स्टार कोटिंग मार्फत जुम गरिएका तस्वीरहरूको रंग सन्तुलित राखी तिनलाई अझ उत्कृष्ट बनाउँछ । पोर्ट्रेट, हाइपरजूम, म्याको नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरूले फोटोग्राफी प्रेमीहरूलाई उन्नत अनुभव प्रदान गर्नेछन्। यसमा १०१४ इन्च सेन्सर र फ्लोटिड पेरिस्कोप प्रणाली छ, जसले टाडाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ । त्यसैगरी, जाइस् सिनेमाटिक पोर्ट्रेट भिडियो क्षमता, १२० एफपीएस स्लो मोसन र ४ के ६० एफपीएस डल्वी निजन डल्बी भिजन सपोर्ट जस्ता विशेषताहरूले भिडियो अनुभवलाई चप आकर्षक र प्रभावशाली बनाउँछ।

भिभो एक्स २०० प्रो अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा सञ्चालित छ, जसले उच्च कार्यक्षमता पदान गर्छ । १२कोर जीपीयूको समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउँछ। यसमा ६००० एमएएच व्याट्रीसहित, ९० बाट फ्याल्स चार्जिङ र ३० बाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छ, जसले दूत चार्जिङ अनुभव प्रदान गर्छ। थप रूपमा, तेखी(पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी(सोलिड व्याट्री टेक्नीत्लीजीको प्रयोगले चिसो तापक्रममा पनि उत्कृष्ट व्याट्री प्रदर्शन सुनिश्चित गर्छ।

भिभो एक्स २०० प्रोलाई एआई सक्षम स्मार्टफोनको रूपमा डिजाइन गरिएको छ, जसमा गुगल जेमिनी एआई प्रविधि समावेश छ, जसले इमेल लेखन र सिकाइका अवसरहरू सहज बनाउँछ। एआई नोट असिस्ट, एआई ट्रान्सफिप्र असिस्ट र सर्कल टु राचंजस्ता सुविधाले खोजी प्रक्रियालाई तीव्र बनाउँछ, जबकि एआई इरेज, फोटो इन्यास र स्याडो रिमूवलले फोटो सम्पादनलाई सरल र प्रभावकारी बनाउँछ । फनटच ओएस १५ मा सन्चालित यस स्मार्टफोनमा डेडिकेटेड सुरक्षा चिप राखिएको छ, जसले एक स्किन पासवर्ड र बायोमेट्रिक डाटा सुरक्षित राख्छ। साथै, सेफ बेटा पर्ज फिचरले व्यक्तिगत जानकारी पूर्ण रूपमा मेट्न सक्ने सुविधा प्रदान गर्नेछ ।

भिभो एक्स २०० प्रोको प्रीबुकिङ मार्च ४ सम्म खुला रहनेछ, जसको मूल्य रु १,८४,९९९ निर्धारण गरिएको प्रीबुकिङ गर्ने ग्राहकहरूलाई लागि रु १०,००० क्यासब्याकको सुविधा उपलब्ध हुनेछ । यो स्मार्टफोन मार्च ५ बाट आधिकारिक स्टोरहरू तथा दराज अनलाइन मार्फत विक्री सुरु हुनेछ ।

प्रख्यात युट्युबर तथा प्रविधि विज्ञ मिस्टर हुइजदबोसले भिभो एक्स २०० प्रोलाई सर्वश्रेष्ठ क्यामेरा, सर्वषेष्ठ व्याट्री तथा ओभरअल च्याम्पियन उपाधि प्रदान गरिसकेका छन्। आधुनिक प्रविधि, उच्च सुरक्षा र उन्नत फोटोचासी अमतासहित, यो स्मार्टफोन नेपाली बजारमा उत्कृष्ट विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS