IME Life New

भायानेटले ल्यायो साम्बा प्याकः यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको छ।

साम्बा प्याकअन्तर्गत ५० एबीपीएस १०० एबीपीएस, २०० एबीपीएस र ३०० एबीपीएस इन्टरनेट योजना उपलब्ध छन्। विशेष रूपमा, १०० एबीपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० ःदउक को मूल्य रु ८,५०० (कर सहित) बाट सुरु हुनेछ।

Esewa
Crest

भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता साम्बा प्याकका मुख्य मूल्यहरू गति, शक्ति, र भरपर्दोपनको प्रतिविम्ब हो। यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो। यो सेवा आजबाट लागू हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS