IME Life New

पूर्वराजनीतिक र प्रशासनिक पदाधिकारीलाई कानुनबमोजिम बाहेकका सेवासुविधा स्थगन गर्न गृह र रक्षा मन्त्रालयलाई आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले पूर्वराजनीतिक र प्रशासनिक पदाधिकारीलाई कानुनबमोजिम बाहेकका सेवासुविधा स्थगन गर्न गृह र रक्षा मन्त्रालयलाई आग्रह गरेको छ।

अर्थले आज गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो। गत असोज ५ गतेको मन्त्रिपरिषद् निर्णयबमोजिम अर्थले गृह र रक्षा मन्त्रालयलाई गर्न गराउन आग्रह गरेको छ।

Crest

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रपरिषदको निर्णयबमोजिम सेवा निवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवासुविधामात्र प्रदान गर्न गराउन दुवै मन्त्रालयलाई आग्रह गरिएको छ।

कानुनबमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवासुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न गराउनका लागि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS