IME Life New

मेट लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म छुट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ ।

यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १००% विलम्ब शुल्क मिनाहा गरिएको छ भने पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६०% विलम्ब शुल्क मिनाहा गरिनेछ । यसले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग पु-याउँछ, जसले दीर्घकालीन आर्थिक सुरक्षातर्फको प्रतिबद्धता कायम राख्न मद्दत गर्छ ।

Crest

बीमालेख पुनर्जागरण गर्ने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको छ । आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आइपीएस, वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने “यो अभियान हामीले ग्राहकहरूलाई सुरक्षित राख्ने र आत्मविश्वासका साथ भविष्यका योजना बनाउन सहयोग पु-याउने हाम्रो निरन्तर प्रयासको एक हिस्सा हो । सबै योग्य पॉलिसीहोल्डरहरूलाई यस अवसरको लाभ लिन हामी आग्रह गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS