IME Life New

बेलायती प्रहरीलाई बिना बीमाका गाडी बन्यो ‘टाउको दुःखाइ’को विषय, थलियो जफत अभियान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बेलायतका सडकहरुमा ठूलो संख्यामा बीमा नगरिएका गाडीहरु कुद्न थालेपछि प्रहरीको टाउको दुःखाइको विषय छ। गाडी बीमालाई अनिवार्य गर्न बेलायतमा प्रहरी टोली नै परिचालन गरेर बीमा नगरिएका गाडीहरु जफल गर्ने अभियान थालिएको छ।

बेलायतभर प्रहरी अधिकारीहरुले गाडी बीमाको नियमहरु उल्लंघन गर्ने चालकलाई लक्षित गर्न र रोक्न केन्द्रीय रुपमा राखिएका डाटा प्रयोग गर्दै गाडी नियन्त्रणमा लिन थालेका हुन्। एभन र सोमरसेट प्रहरीका टोलीहरुले यो अभियानमा सक्रिय रुपमा लागेका छन्। सन् २०२५ को नोभेम्बरको हालसम्म प्रहरी टोलीहरुले ती दुवै क्षेत्रबाट मात्रै लगभग २ हजार ५०० बीमा नगरिएका सवारीसाधन जफत गरिसकेका छन्।

Crest

सडक प्रहरी इकाइका निरीक्षक म्याट बोइल्सका अनुसार बीमा नगरिएका गाडीहरुसँगको ठक्कर वा दुर्घटनामा संलग्नहरुका लागि लागत रिकभरी गाह्रो र लामो हुन सक्छ। ‘यसले हाम्रो बीमा प्रिमियममा पैसा थप्छ, त्यसैले यो एउटा समस्या हो’, उनले भने, ‘हामी यसलाई गम्भीरताका साथ लिन्छौँ र हामी सडक प्रहरी र सडक सुरक्षाको यस क्षेत्रलाई लक्षित गर्दै धेरै गतिविधिहरु गर्दछौँ।’

अपरेसन ड्राइभ इन्स्योर्ड भनिने र मोटर बीमक ब्युरो (एमआईबी) सँगको सहकार्यमा सञ्चालन गरिएको यो राष्ट्रव्यापी अभियानले बीमा बिना गाडी चलाउने खतराहरुका बारेमा जागरुकता जगाउनेछ।

एभन र सोमरसेट प्रहरीका अनुसार बीमा नगरिएका चालकहरु प्रायः ठूला सडक अपराधहरुमा संलग्न हुन्छन्। जसमा मादक पदार्थ सेवन वा लागूपदार्थ सेवन गरेर गाडी चलाएकोमा दोषी ठहरिने सम्भावना १० गुणा बढी हुन्छ।

बेलायतमा चाहे जानाजानी होस् वा नहोस् बीमा बिनाका गाडीहरुको दुर्घटनामा ३०० पाउन्ड जरिवाना गरिन्छ। यदि मुद्दा अदालतमा गयो भने चालकहरुले असीमित जरिवाना वा गाडी चलाउन प्रतिबन्धको सामना गर्न सक्छन्।

सोमरसेटका इन्स्पेक्टर बोइल्सका अनुसार यदि कुनै गाडी बीमा नगरिएका गाडीसँग ठोक्किएमा आफ्नो बीमा कम्पनीलाई सम्पर्क गर्नु महत्वपूर्ण छ। ‘तर म समुदायका मानिसहरुलाई बीमा बिना गाडी चलाएको देखेमा प्रहरीलाई जानकारी गराउन पनि प्रोत्साहित गर्नेछु’, उनले भने, ‘ता कि हामी दुर्घटनामा पर्नुअघि उनीहरुलाई सम्पर्क गर्न सकौँ।’

सोमरसेटको टाउन्टनस्थित स्ली ब्ल्याकवेल सलिसिटरको पर्सनल इन्जुरी (व्यक्तिगत चोट)का प्रमुख जेम्स म्याकनालीका अनुसार बीमा नगरिएका चालकहरुको समस्या झन् झन् बढ्दै गइरहेको छ। ‘यो सामान्य बन्दै गइरहेको छ, मानिसहरुले जोखिम लिने र बीमा बिना नै गाडी चलाउने निर्णय गर्छन्’, उनी भन्छन्, ‘बीमा नगरिएको गाडीसँग दुर्घटनामा संलग्न जोकोहीलाई पनि एमआईबीलाई सम्पर्क गर्न आग्रह गर्छु।’ –बीबीसी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS