IME Life New

उबरको ५० लाख सहयोगसहित राइड फर नेपाल अभियान सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले Uber ले ‘Ride for Nepal’ अभियान सुरु गरेको छ। २१ सेप्टेम्बरदेखि २० अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस अभियानमार्फत Uber ले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोड्दै यात्रु तथा चालक दुवैलाई मानवीय सहयोगको अभियानमा सहभागी हुन आह्वान गरेको छ।

अभियानअन्तर्गत Uber ले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई रु. ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त सहयोग आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापना सम्बन्धी कार्यमा उपयोग गरिनेछ। यसका साथै, अभियान अवधिभर Uber प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक Uber Bike यात्राबापत रु. १० तथा हरेक Uber Cab यात्राबापत रु. २० Uber ले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा योगदान गर्नेछ। यसरी अभियान अवधिमा जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि हुने कुल सहयोग पनि त्यति नै बढ्दै जानेछ।

Esewa
Crest

‘Ride for Nepal’ अभियानले दैनिक यात्रालाई विपद् प्रभावित समुदायको राहत तथा पुनर्निर्माण प्रयाससँग जोड्ने उद्देश्य राखेको छ। यात्रुले Uber एपमार्फत राइड बुक गर्दा तथा चालकले यात्रा स्वीकार गरी सफलतापूर्वक सम्पन्न गर्दा प्रत्येक योग्य यात्रासँगै Uber को तर्फबाट राहत कोषमा थप योगदान जोडिनेछ।

यस अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने आम्दानीमा कुनै परिवर्तन हुने छैन। यात्रुले साविकअनुसारकै भाडा तिर्नेछन् र चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्। प्रत्येक योग्य सम्पन्न यात्राबापतको योगदान Uber ले आफ्नै तर्फबाट अतिरिक्त रूपमा प्रदान गर्नेछ।

Uber का नेपालका लागि रणनीतिक साझेदार Taximandu का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसी ले विपद्को समयमा यात्रु र चालक दुवैको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताए। उनले भने, “‘Ride for Nepal’ केवल एउटा अभियान मात्र होइन, विपद्को समयमा हामी सबै एकजुट भएर सहयोग गर्ने अवसर हो। यात्रुले बुक गर्ने हरेक राइड र चालक साथीहरूले पूरा गर्ने हरेक यात्रासँगै राहतका लागि Uber को योगदान बढ्दै जानेछ। हाम्रो हरेक यात्रा बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा जोडिएको एउटा अर्थपूर्ण योगदान बनोस्।”

त्यसैगरी, Akanksha Singh, Head of International Markets, Uber India and South Asia, ले नेपालको राहत तथा पुनर्स्थापना प्रयासका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन्। Uber आफूले सेवा प्रदान गर्ने समुदायको अभिन्न हिस्सा भएकाले कम्पनीको जिम्मेवारी केवल मोबिलिटी सेवामा मात्र सीमित नरहेको उनले उल्लेख गरिन्। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा आफ्नो प्लेटफर्म र स्रोतमार्फत बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा योगदान पुर्‍याउने उद्देश्य Uber ले राखेको उनको भनाइ छ।

Uber ले सबै यात्रु तथा चालकलाई यस अभियानमा सहभागी भई बाढी प्रभावित समुदायको पुनर्निर्माणमा साथ दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS